गायिका गंगा र गायक इन्द्रको ‘नाँच्यो चङगा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायिका गंगा र गायक इन्द्रको ‘नाँच्यो चङगा’ सार्वजनिक(भिडियो सहित)

आन्छुमे नसान
माङसेबुङ/गायिका गंगा फियाक र गायक इन्द्रशुसील चोङबाङको आवाजमा रहेको पुर्वेली भाकाको बिल्कुलै नयाँे गीत ‘नाँच्यो चङगा’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार एस. पी. निङलेकु लिम्बुको शव्द सृजना रहेको पुर्वेलीे भाकाको गीतलाई गायक इन्द्रशुसील चोङबाङ लिम्बुले लय संकलन गरेका हुन् ।

राजु कार्की को संगीत संयोजन रहेको भिडियोमा गायिका गंगा फियाक र गायक इन्द्र शुसील चोङवाङको अलावा रोजिना थेगिम, सिमरन भण्डारी, प्रकाश थलङ, लगायतले साथ दिएका छन् ।

किङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई सुरेश राईले रेकर्डिङ गरेका छन् भने राजु कार्कीले मिक्सिङ गरेका हुन् ।

इसाक चवेगुको छाँयाङकन तथा सम्पादनमा तयार गरिएको भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस :

सम्बन्धित खवर