लिम्बू पत्रकार संघ ताप्लेजुङको अध्यक्षमा कृष्ण - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू पत्रकार संघ ताप्लेजुङको अध्यक्षमा कृष्ण


दमक/ लिम्बू पत्रकार संघ ताप्लेजुङ शाखाको तेस्रो अधिवेशन शुक्रवार ताप्लेजुङको फुङलिङमा सम्पन्न भएको छ ।

कृष्ण फुरुम्बोको अध्यक्षतामा सात सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा दिलकुमार फेम्वू, सचिवमा टिका यक्सो र कोषाध्यषमा मनु मावो निर्वाचित भएका छन् ।

यसरीनै सदस्यहरुमा उदय खुदाङ, कल्पना लिङखिम र अनिता पन्धाक निर्वाचित भएका छन् । केन्द्रिय प्रतिनिधिहरुमा अमृता थलङ, गंगा लिङखिम, आलोक माबोहाङ, बसन्त पालुंवा र साहारा लंवा चयन भएका छन् ।

लिम्बू पत्रकार संघको केन्द्रीय उपाध्यक्ष बिजयबोध लावतीको प्रमुख अतिथिमा तथा जिल्ला अध्यक्ष दिनेश लिङखिमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर