सोङ्मीको अध्यक्षमा लिम्बू पत्रकार संघ इलाम गठन - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सोङ्मीको अध्यक्षमा लिम्बू पत्रकार संघ इलाम गठन

 

दमक/ लिम्बू पत्रकार संघ इलाम शाखाको तेस्रो अधिवेशन इलाम नगरपालिकामा शुक्रबार सम्पन्न भएको छ ।

वुद्धमाया सोङ्मीको अध्यक्षतामा ७ सदस्यीय नयाँ समिति निर्वाचित गर्दै
अधिवेशन सम्पन्न गरेको हो ।

समितिको उपाध्यक्षमा सुमन लावती (गुन्द्रुके), सचिवमा लोकेन थेवे र कोषाध्यक्ष सृष्टि खापुङ निर्वा्चित भएका छन् ।

यसरी नै सदस्यहरुमा, लीला थेगिम, सन्तोष खापुङ र वुद्धराज योङहाङ निर्वाचित भएका छन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिहरुमा सटेन्द्र जबेगु, ज्ञानु केदेम, अतित योङहाङ र काकीराम लावतीलाई निर्वाचित गरेका छन् ।

सम्बन्धित खवर