आन्छुमे नसान
माङसेबुङ/ख्याती प्राप्त गायीका थोक्फेला लिङदेन र लोकप्रिय गायक इन्द्रशुसिल चोङवाङ लिम्बूको आवाज रहेको टिपिकल पुर्वेली लोक भाकाको गीत ‘थाक्रालाई परी’को भिडियो युट्यूव मार्फत सार्वजनिक गरिएको छ ।
ख्याती प्राप्त गीतकार एस.पी. निङलेखुको शव्द भावहरु रहेको पुर्वेली लोक गीतलाई गायक इन्द्रशुसिल चोङवाङ लिम्बूले संगीत गरेका हुन् ।
अचानक भेट भएपछि चिनजान गर्दै माया पिरतीका कुराहरु सम्म गर्न पुगेका प्रेमिल जोडीहरुको अन्तर सम्वाद समटिएको भावहरु समावेश भएको गीतको संगीत संयोजन राजु कार्कीले गरेका हुन् ।
इसाक जबेगुको छाँयाङन तथा सम्पादन रहेको भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस :