नालीफुङवा पुर्व उपाध्यक्ष चबेगुलाई पितृ शोक - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नालीफुङवा पुर्व उपाध्यक्ष चबेगुलाई पितृ शोक

 


दमक/ किरात साम्यो नालीफुङवा पान्जुम्भोका पुर्व केन्द्रीय उपाध्यक्ष तथा किरात धर्म तथा साहित्य उथान संघका धन्कुटा जिल्ला सदस्य समेत रहेका हृदय चबेगु (याङघेक)लाई पितृ शोक परेको छ ।

नालीफुङवा पान्जुम्भोका संस्थापक उपाध्यक्ष साथै पुनः उपाध्यक्षमै रहेर किरात धर्ममा लामो योगदान पु¥याएका चबेगुका पिता थामबहादुर चबेगुको मंगलबार बिहान ४ बजे चौबिसे गाउँपालीका ८, बसन्तटार स्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको हो ।

ई.स.१९१६ मा GTR -21151445 को नम्बरमा गोर्खा बृटिस भर्ती भएको र ई. स. १९२४ मा रिटायर जीवन बिताइरहेका थामबहादुर चबेगुको खुट्टामा सामान्य घाउ भएको थियो । पछि त्यही घाउ इन्फेक्सन भइ बढेर चबेगुलाई थलाएका थिए । जसको कारण उनको निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

पापा पिर्थेपबहादुर चबेगु र माम्मा चेम्जोङ आनन्दरानीको कोखबाट १९९८ असोज १५ गते शनिबार साइला छोराको रुपमा जन्म भएका मृतक चबेगुको शवलाई किरात धार्मिक विधि कर्म संस्कार अनुसार मंगलबार दिनमा अन्त्येसटी गरीने छ ।

मृतक चबेगुको फजे(सुधाई) कार्य माघ २४ गते शनिबार गरिने पारिवारीक स्रोतले जनाएको छ ।

 

सम्बन्धित खवर