बिकास र प्रवर्दनको पर्खाइमा बेहुली ढुंगा - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिकास र प्रवर्दनको पर्खाइमा बेहुली ढुंगा

सङसेमी माङयुङ

बेहुली ढुंगाको परिचय

हरियाली पहाडमा अवस्थित थामडाँडालाई वरिपरीबाट दक्षिणीमा पाँन्थरको मिक्लाजुङ रबि बजार, पश्चिममा पाँन्थरकै सुन्दर गाउँहरु वलने, आरुबोटे दशमी र उत्तरमा सप्तमी बजार, साराङडाँडा र पूर्वतर्फ इलाम फाकफोकथुम गाउँपालिकाको फुएतप्पा जस्ता ठाँउहरु रहेका छन । पाँन्थरको दोस्रो ठुलो बजार भनेर चिनिएको रबि बजारदेखि करिव २ कि. मि. र सप्तमी बजारबाट करिव ढेड कि. मि टाढा उत्तरी भाग महाभाराडाँडामा अवस्थित रहेको छ थामडाँडा ।

यसै थामडाँडा प्रसिद्ध बेहुलीढुंगा देवी रहेकी छन् । बेहुली ढुंगाको उत्पत्ती सम्बन्धी प्राचिन किंवदन्ती बढो रोचकको रहेको छ । बेहुली अन्माएर डोली चढाई जन्तीका साथ बेहुलाको घरमा त्यहीँ बाटो हुदैं ल्याइएको थियो । यस थामडाँडामा आइपुग्दा बेहुलीलाई पिसाब लागेछ । उनी पाखा गईन् तर धेरै समयको पर्खाइमा पनि बेहुली फर्किनन् । बेहुलीलाई यताउता सबै ठाँउ खोजी गर्दा कहि कतै भेटिएन । त्यहीँ ठाउँमा हराइन् ।

बेहुलासहित जन्ती र गाउँले सबैले खोजेपछि बेहुलीलाई २, ३ दिनपछि भेटियो तर निर्जीव रुपमा एक पत्थर ढुंगाको आकारमा बदलिसकेकी थिईन् । घुम्टो ओढेर लजाए जस्तै गरी एउटी महिला घोप्टो परेर बसेजस्तो अवस्थामा पाइयो । यसै किंवदन्तीका आधारमा उक्त ढुंगालाई बेहुली देवीको रूपमा मान्ने गरिन्छ ।

यसै बेहुली ढुंगाको अर्को रोचक किंवदन्ती पनि रहेको पाइन्छ । बेहुलीको ब्यक्त गर्न नसकेको पीडा कसैलाई थाहा भएन । उनको आखाबाट अबिरल आँशु बग्न थाल्यो । त्यहीँ आँशु पछि भौतारिदैं जाँदा पाँन्थर कुरुम्बा हुदै तमोरमा मिसिने नुवाखोलाको उत्पति भएको भन्ने परम्परागत विश्वास रहेको स्थानीय बुढापाका बताउँछन् ।

प्रकृतिक रुपले निकै सुन्दर बेहुली बेहुलीढुंगा भएको थामडाँडालाई प्रचारप्रसार गर्ने हेतुले २०५९ साल यता निरन्तर रुपमा किरात धर्मावलम्बीहरुले उधौली र उभौली पर्वमा किरात धार्मिक विधि अनुसार सेवा अनुष्ठान गदै आएका छन् ।

हाल यस देवी स्थलमा थुप्रै सुन्दर र आकर्षक अग्ला डाँडाकाँडा सहित मनमोहक सुन्दर मनमोहक दृश्य अवलोकन गर्दै बेहुली ढुंगा देवीको दर्शन गर्नेको घुइचो लाग्ने गरेको छ । तर यस स्थलको प्रबद्र्धन गर्न राज्यको निकायले जति गर्नुपर्छ त्यो नभएको स्थानीयले गुनासो गरेका छन् ।

यसैगरि बेहुली ढुंगाको संरक्षण सम्वद्र्धन र यस स्थलको विकास, प्रवद्र्धन र भौतिक संरचना निर्माण गर्नेको लागि किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सदस्य रामबहादुर साङपाङ राईको अध्यक्षतामा बसेको भेलाले नारायण सेर्माको अध्यक्षतामा ११ सदस्यीय समिति समेत गठन गरेको छ ।

समितिको उपाध्यक्षमा सन्तकुमारी साङपाङ राई, सचिवमा देबेन्द्र आङदेम्बे, सह–सचिवमा तावा बिष्णु थेगीम र कोषाध्यक्षमा ठेनुमान राई रहेका छन् ।

यसरीनै सदस्यहरुमा कृष्णबहादुर आङदेम्बे लिम्बु, योङहाङ कौशिला आङदेम्बे, कुरुम्बाङ प्रमिला आङदेम्बे, देबेन्द्र खम्बु राई र रचना राई रहेका छन् ।

किरात धर्मावलम्बीहरुको ऐतिहासिकतासंग जोडिएको बेहुली ढुंगामा महागुरु फाल्गुनन्दले तपश्या बस्नुभएको तर ओझेल्मा परेकोले कुरा नव गठित समितिका अध्यक्ष सेर्माले बताए ।

उनका अनुसार यस समितिले भौतिक संरचना निर्माण गरी प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्य रहेको जनाएको छ ।

 

सम्बन्धित खवर