
- आन्छुमे नसान
माङसेबुङ । गायक तथा संगीतकार राजु आङदेम्बे र गायिका थोकफेला लिङदेनको आवाजमा सन्देश मुलक भक्ति गित ‘साकेला सायाचुङ लुङधुङ माङसेबुङ’ सार्वजनिक गरिएको छ ।
भिम गुरुङको शव्द तथा राजु आङदेम्बेको संगीतमा सजिएको सन्देश मुलक गित ‘साकेला सायाचुङ लुङधुङ माङसेबुङ’ को भिडियो थोकफेला लिङदेन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

मनोज साङसोन राईको संगीत संयोजन तथा रेकर्डिङ रहेको गित किङ स्टुडियोमा रेकर्ड गरिएको हो । गितको मिक्सिङ तथा मास्टिरिङ राजु कार्कीले गरेका छन् ।
कृष्ण थलङको छायांकन, सम्पादन तथा निर्देशन र सुनिता चोङबाङको मेकअप रहेको भिडियोमा राजु र थोकफेलाले नै फिचरिङ गरेका छन् ।
जुम लेन्स प्रडक्सनको पोष्ट प्रडक्सन रहेको गितको अडियो भिडियो थोकफेला लिङदेनको रहेको छ ।
भिडियो हेर्नुहोस…







