नेपाल मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरीमा रोकियो - Mangsebung News
  • शुक्रबार, कार्तिक २९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरीमा रोकियो

माङसेबुङ । नेपाल अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरीमा रोकिएको छ ।

बिहिबार ढाकास्थित राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

नेपालका लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे । बंगलादेशका लागि भने दुवै गोल इङ्लिस क्लब लेस्टर सिटीमा खेल्दै आएका हम्जा चौधरीले गरे ।

खेलमा सुरुआती अग्रता भने नेपालले २९औं मिनेटमा रोहित गोलमा बनाएको थियो । तर, पहिलो हाफमा अग्रता लिएको नेपालले दोस्रो हाफमा भने जोगाउन सकेन । खेलको ४६औं मिनेटमा हम्जाले बाइसाइकल किकमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि ४९औं मिनेटमा हम्जाले पेनाल्टी मार्फत गोल गर्दै बंगलादेशलाई २–१ अग्रता दिलाए । तर, इन्ज्युरी समयको चौथो मिनेटमा अनन्तले हेडर गर्दै नेपाललाई हारबाट जोगाए ।

सम्बन्धित खवर