सांसदहरुद्धारा कचनकवलको पर्यटकिय स्थलहरुको अनुगमन(फोटो फिचर सहित) - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सांसदहरुद्धारा कचनकवलको पर्यटकिय स्थलहरुको अनुगमन(फोटो फिचर सहित)

 


सुक बहादुर योङहाङ
कचनकवल/प्रदेश नं १ का प्रदेश सभाका सांसदहरुद्धारा कचनकवल गाउँपालिकामा अवस्थित पर्यटकिय क्षेत्रको संभाव्यता बोकेको स्थलहरुकोे अनुगमन अवलोकन गरि भ्रमण गरेका छन् । प्रदेश सभा अर्थ समितिका सभापती तथा सांसद मोहन खड्को नेतृत्वमा सो गाउँपालिको भ्रमण गरेका हुन् ।

भ्रमणमा प्रदेश नं १ का प्रदेश सभाका सांसदहरु एक राज कार्की, यसोदा अधिकारी, पदम कुमारी गुरुङ, प्रताप प्रकाश हाङगाम, बसन्त कुमार बानिया, प्रादेशिक सडक आयोजना प्रमुख रेवति पराजुली, जिल्ला समन्वय प्रमुखसोमनाथ पोर्तेल, समाजसेवी नवराज भटराई लगायत इन्जिनियरहरु सहभागी भएका थिए ।


भ्रमणको क्रममा जलथल अधिकारी चौक देखि दक्षिण कचनकवल दूर्गाभिटा जोड्ने चारकोसे जंगलकोे बिचबाटो नेत्रमार्गको अनुगमन गरेका थिए ।

त्यसपछि कचनकवल २, कटुवाल चौकमा स्थानीय समाजसेवीद्धारा स्वागत कार्यक्रमको आयोजना समेत गरिको थियो ।

स्वागतको क्रममा संसद बसन्त कुमार बानियाले नेपालकै सबैभन्दा होचो कचनकवल र संसारकै सबैभन्दा अग्लो सगरमाथा जोडिने सडक निर्माण गर्नुपर्ने बताए् । उनले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनु पर्ने बताए ।

यसैगरि यस क्षेत्रका पर्यटकिय क्षेत्र र सम्भावित कृषि क्षेत्र, वन वातावरण समेतको संभाव्यता अध्यन गरि कार्यन्वयन गर्नुपर्ने सांसद बानियाले बताए ।

यसरीनै सांसदहरुले कचनकवल ३ आम्बाडीमा रहेको सिमसार क्षेत्र सम्भावित झिलको अवलोकन समेत गरेका थिए । त्यसपछि नेपालकै सबैभन्दा होचो स्थानमा रहेको कचनकवल स्तम्भको अवलोकन गरि भ्रमण सकाएका थिए ।

वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा झापा जिल्लामा साविकको घेराबारी, पथरिया, केचना, पाठामारी, बनियानी र बालुबाडी गाउँ विकास समितिहरूलाई कचनकवल गाउँपालिका बनाइएको हो ।

कचनकवल गाउँपालिकाको कूल क्षेत्रफल १०९.४५ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिका ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङख्या ३९,५३५ रहेको छ ।

यस गाउँपालिकाको सिमाना पूर्वमा भारत, पश्चिममा बाह्रदशी गाउँपालिका र भारत, उत्तरमा हल्दीबारी गाउँपालिका तथा दक्षिणमा भारत सम्म फैलिएको छ ।

 

सम्बन्धित खवर