दमक/ इलामको माङसेवुङ गाउँपालिका–३ मा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा २२ वर्षीय विशाल राई र २३ बर्षीय शिवकुमार राई रहेका छन् ।
दुवैजनालाई गाउँमा शंकास्पद गतिविधिहरू गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले २ थान भरुवा बन्दुकसहित उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट १५० ग्राम बारुदसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।