सुनसरीमा बस र माइक्रोबस ठोक्किदा तीनको मृत्यु - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनसरीमा बस र माइक्रोबस ठोक्किदा तीनको मृत्यु


दमकर सुनसरीमा बस र माइक्रोबस ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

महेन्द्र राजमार्ग स्थित सखुवागाछिमा इटहरीबाट इनरुवा जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आएको ना ६ ख ७९५ नम्बरको बस आइतबार बिहान आपसमा ठोक्किन्दा तिन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सातजना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगीएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । शवहरु गाडीमा च्यापिएकाले निकाल्न कठिन भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर