राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित, लाइसेन्स लिनु नपर्ने - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित, लाइसेन्स लिनु नपर्ने

दमक/ राष्ट्रिय सभाले पत्रकारले अनिर्वाय लाइसेन्स लिनुपर्ने व्यवस्था हटाएर मिडिया काउन्सिल विधेयक पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकले विधायन व्यवस्थापन समितिले पठाएको पत्रकारले लाइसेन्स लिने व्यवस्था हटाएर विधेयक सर्वसम्मत पारित गरेको हो ।

कार्य व्यवस्था परामर्श समितिको बैकठले मिडिया काउन्सिल विधेयकबाट पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था हटाएर राष्ट्रिय सभामा पेश गर्ने सहमति गरेको थियो । सबै पक्ष सहमत भएको भन्दै मन्त्री बास्कोटाले खुसी प्रकट पनि गरे ।

‘हरेक सेकेण्डमा पत्रकारहरुको परीक्षण हुने कुरा र परीक्षणभित्रै जीवन निरन्तरता वा मृत्युको संभावना बोकेको क्षेत्र आफैँ कम्पिटिटिभ छ भने त्यो व्यवस्थामा लाइसेन्स किन ? भन्ने कुरा हो । विश्वविद्यालयबाट आउने कुरा भयो’ पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था हटाउनुको कारण दिँदै मन्त्री बास्कोटाले भने । तर पत्रकारले लाइसेन्स लिने ब्यवस्था आफैमा नराम्रो नभएको भन्दै पेशागत शुद्धता र मर्यादाका लागि यो विषय उठेको थियो’ मन्त्री बास्कोटाले बताए ।

स्वतन्त्रता भनेको बोल्ने र लेख्ने अधिकार मात्रै नभएको उल्लेख गर्दै उनले परीक्षाको व्यवस्था गरेर निरंकुशता लाद्न नखोजिएको बताए । ‘मिडियाका हातमा मात्रै नाङ्गो तरवार चलाउन पाउँदैन । उसले नाङ्गो तरवार चलायो भने अर्कोले पनि कलम बोकेर अदालत जान पाउनुपर्छ भन्ने कुराको सुनिश्चितता भएको छ’, उनले भने ।

सांसदहरुले उठाएका प्रश्नहरुलाई संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकारले लाइसेन्स लिने बिषय पोर्चुगलमा मात्रै रहेको बताए ।

सम्बन्धित खवर