माङसेबुङमा पवित्रहाङमा कप १० औं संस्करण खेलकुद प्रतियोगिता सुरु(फोटोफिचर सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा पवित्रहाङमा कप १० औं संस्करण खेलकुद प्रतियोगिता सुरु(फोटोफिचर सहित)


आन्छुमे नसान
माङसेबुङ/हाम्रो पहिचान, राष्ट्रको शान भन्ने नाराका साथ इलामको माङसेबुङमा १० औं पवित्रहाङमा कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।

इलामको धार्मिक पर्यटकीयस्थल माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा बिहिबार देखि १० औं पवित्रहाङमा कप खेलकुद प्रतियोगिता सुरु भएको हो ।

फूटबल संघ इलामका अध्यक्ष महेश बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा ए.पि.एस.सी. माङसेबुङ इलाम र मिक्लाजुङ गाउँपालिका खेलकुद बिकास समिति पान्थर बीच भएको खेलमा ए.पि.एस.सी. माङसेबुङ इलामले मिक्लाजुङ पान्थरलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ ।

खेलकोे सुरुवाती समयमै आक्रमक भएर मैदानमा छिरेको माङसेबुङले पहिलो हाफको ९ औं मिनेटमा सुजुहाङमा लिम्बूको गोलमा अग्रता लिएका थिए । लिम्बूले गोलकिपर बाट रिवाउन्स भएको बललाई कुनै गल्ती नगरी जाली चुमाएका थिए ।

त्यपछि खेलको १२औं मिनेटमा माङसेबुङका सुजता थापाले गोल गर्दै गोल अन्तरलाई दोब्बर बनाए । थापाले मिक्लाजुङका दूई जना डिफेन्डरहरुलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए । खेलको वुमन अफ दी म्याच माङसेबुङका सुजता थापा घोसित भएका छन् ।

मध्यान्तर पछि भने मिक्लाजुङ थप आक्रमक भएर मैदान प्रबेश गरेका थिए । मध्यन्तर पछिको सुरुवाती समयमा माङसेबुङलाई निकै दवावमा राख्दै थुप्रै गोल गर्ने अवसरहरु पाए पनि गोल गर्न नसक्दा मिक्लाजुङले माङसेबुङलाई २–० ले नतिजा सुम्पिन्नु प¥यो ।


विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिता अन्तरगत शुक्रबार माङसेबुङ गाउँपालिका खेलकुद बिकास समिति इलाम र माउण्ट एभ्रेष्ट स्र्पोटिङ क्लव सुनसरी बिच हुने आयोजक समितिका सचिव सरिता राईले बताए ।

जन्मोत्सव समारोहका खेलकुद विभाग संयोजक तथा आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा हुने प्रतियोगितामा ए. पि. एस. सी. माङसेबुङ इलाम, कन्काई एकाडेमिक स्पोर्टस क्लब झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब सुनसरी, चुलाचुली गाउँपालिका खेलकुद विकास समिति इलाम, मिक्लाजुङ गाउँपालिका खेलकुद विकास समिति पाँचथर, लेटाङ फूटबल क्लब मोरङ, एम. सि. सि. फूटबल क्लब सूर्योदय न.पा. इलाम र माङसेबुङ गाउँपालिका खेलकुद विकास समिति इलामको सहभागिता रहेको सचिव राईले बताए ।

यसरीनै प्रतियोगितामा फूटबलको विजेताले नगद १ लाख १ सय ६४ रुपैयाँ र उपविजेता टिमले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६४ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष आङबुहाङले बताए ।

आगामी फागुन २ गते फाइनल हुने प्रतियोगितामा फूटबलका साथै अन्य विभिन्न खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्नेलगायतका खेलहरु सञ्चालन हुने जनाइएको छ ।

पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ ।

म्याराथुनमा प्रथम हुनेले रु ५१६४, दोस्रोले रु ४१६४, तेस्रोले रु ३३६४ र सान्तवना हुनेले रु २१६४ रुपैयाँ सहित मेडल र प्रमाण पत्र पाउँनेछन् । साथै छेलो (पक्लुङ) र अन्य अतिरिक्त खेलकुदमा सहभागी भई विजेता हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार दिइने आयोजकको भनाई छ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग र फूटबल संघ इलामको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख खर्च लाग्ने आयोजक समिति हक्चात यक्चुमका अध्यक्ष आङबुहाङले जानकारी दिए ।

माङसेबुङमा पवित्रहाङमा गोल्डकप २०६७ यता हरेक वर्ष मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको शुभ जन्मोत्सवको अवसरमा सञ्चालन हुँदै आएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको जन्म इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ (साविक बाँझो ७ उत्तरे) मा साँबा दम्पति तत्कालीन सुब्बा बिर्खध्वोज र कौशिला साम्सुहाङको कोखबाट वि.स. २०१३ साल फागुन ३ गते भएको थियो ।

सम्बन्धित खवर