सिरीजंगा स्मृति संस्थाको कोषाध्यक्षमा रामकुमार सिंथेबे नियुक्ति - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिरीजंगा स्मृति संस्थाको कोषाध्यक्षमा रामकुमार सिंथेबे नियुक्ति


सङसेमी माङयुङ
दमक/ श्री तेअङ्सी सिरीजंगा सिंथेबे स्मृति संस्थाले रामकुमार सिंथेबेलाई कोषाध्यक्षमा नियुक्ति गरेको छ ।

संस्थाको अध्यक्ष रुकमान थेबेको अध्यक्षतामा बसेको बैठकले रामकुमारलाई सदस्यमा मनोनयन गरी कोषाध्यक्षमा नियुक्ति गरेको हो ।

विभिन्न सामाजिक र किरात धार्मिक संघ संस्थामा आबद्ध भएर सामाजिक कार्य गर्दै आएका सिंथेबेलाई कोषाध्यक्षमा नियुक्ति गरेको संस्थाका सचिव रनमान थेबेले बताए ।

हाल सो संस्थाले सिरीजंगाको जन्म गाउँ सिरीजंगा गाउपालिका ४, तेल्लोकमा अवस्थित तेअङ्सी सिरीजंगा मिङ्सो माङहिम निर्माण साथै माङहिम परिसरमा भौतिक संरचना निर्माणका लागि आर्थिक सहयोग गर्ने दाताहरुको नामावली शिलालेखमा लेख्ने कार्य भइरहेको संस्थाको सचिव रनमान थेबेले बताए ।

उक्त संस्थाको आगामी योजनाका रुपमा मुलत किरात लिम्बू भाषा, लिपि संरक्षण सम्वर्द्वनको लागि साक्षरता अभियान गर्ने, किरात धर्म, संस्कार, संस्कृति उत्थानका निम्ति छलफल बहस कार्यक्रम गर्ने संस्थाका सचिव थेबेले बताए ।

 

यसरी नै त्येअङ्सी सिरीजंगा सिंथेबेलाई राष्ट्रिय विभुति बनाउन पहल गर्ने, सिरीजंगाको पुर्ण कदको शालिक निर्माण गर्ने जनाएको छ । थेबेका अनुसार सिरीजंगा पार्क बनाउने, पर्यटकहरु बस्ने प्लेटफर्म तयार गर्ने र दर्शनार्थी भक्तजनहरु बस्ने आश्रमको निर्माण गर्ने योजना रहेको छ ।

सिरीजंगा संग सम्बन्धित रहेका सामाग्री र किरात भाषा लिपिका पुस्तक, पत्र पत्रिकाहरुलाई संग्रहित गरि सिरीजंगा संग्रहालय र पुस्तकालय सञ्चालनका निम्ति भवन बनाई सञ्चालन गर्ने योजना रहेको छ । सो स्थललाई अझै सुन्दर र पर्यटकको आकर्षणको थलो बनाउन खानेपानी तथा आवश्यक भौतिक सामाग्रीहरुको व्यवस्थापन गर्ने थेबेले बताए ।

सम्बन्धित खवर