विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु


दमक/ मोरङको बेलबारी खण्डमा पर्ने बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार भएको दुर्घटनामा मृत्यु हुने स्कुटरको पछाडि सवार बेलबारी नगरपालिका–१ बस्ने ५९ वर्षीय दिलबहादु खड्का रहेका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ८६८० नम्बरको ट्रकले को४०प ११७ नम्बरको स्कुटरलाई ट्रकले ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दिलबहादुरको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । ट्रकको ठक्करबाट स्कुटर चालक सोही ठाउँ बस्ने ५५ वर्षीय नरबहादुर खड्का पनि घाइते भएका छन् ।

ठक्कर दिने ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिइएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसरीनै मोरङ टाँडी बस्ने २३ बर्षीय मनित लिम्बुको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।

मंगलबार बेलुका ७ बजे झापा शिबसताक्षी लालझोडा स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जांदै गरेको मे १ त ४५४४ नम्बरको ट्याक्टरमा बसिरहेका सोही ट्याक्टरका सह चलाक लिम्बु एक्कासी ट्याक्टरबाट लडि गम्भिर घाईते भएका थिए ।

घाईते लिम्बुलाई बिर्र्ता्सिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खवर