कविता तङ्सिङ–२ झापाको दमकमा हुने - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कविता तङ्सिङ–२ झापाको दमकमा हुने


साङसेन पङधाक

दमक / झापाको दमकमा आगमी फाल्गुन २४ गते शनिबार कबिता तङसिङ २ को आयोजना हुने भएको छ ।

बिहिबार याक्थुङ लेखक संघ जिल्ला तदर्थ समिती झापाको फुलबारी चोकमा बसेको तेस्रो बैठकले झापाको दमकमा कबिता तङसिङ–२ को आयोजना गर्ने निर्णय गरेको याक्थुङ लेखक संघ झापा जिल्ला अध्यक्ष मौलश्री लिम्बुले बताए ।

अध्यक्ष लिम्बूले लिम्बुवानी इतिहास, कला, साहित्य, संगित र पहिचानमा आधारित रचनाहरुलाई प्रथमिक्ता दिइने बताए ।

कबिता तङसिङ–२ मा लिम्बू भाषाको कविता वाचन गर्नेहरुमा सेसेहाङ फियाक झापा, पुष्पहाङ लोवा पाँचथर, सेसेमी से नाल्वो झापा, दिलहाङ सेर्मा इलाम, रचना लावती झापा, कल्पना लिङ्देन इलाम, सागर केरुङ पाँचथर, राजकुमार तेयुङ तरेबा तेह्रथुम, रानिटारे साइला झापा, सीता पिरती ताप्लेजुङ, निशा लोवा पाँचथर, मुक्साम लाबुङ ताप्लेजुङ र आन्छुमे नसान माङसेबुङ गाउँपालिका इलाम रहेका छन् ।

नेपाली भाषाको कविताको वाचन गर्नेहरुमा धर्मेन्द्र विक्रम नेम्वाङ पाँचथर, कुमार लिङ्देन मोरङ, अभागी थेगुवा झापा, सेलिङ केसि झापा, केजि सुब्बा धनकुटा, टंक सेलिङ काठमाडौ, सन्त थलङ काठमाडौ, राजकुमार सुब्बा अनिश्चित झापा, कैलाश शिखर झापा, गगन योक्पाङ्देन मोरङ, प्रदिप योङ्हाङ सुनसरी, उदय पन्धाक काठमाडौ, मन्जु थेगिम झापा, शन्देश सुब्बा पाँचथर, सुनिल आङ्बो काठमाडौ, कविन तुम्बापो धनकुटा, युविर चेम्जोङ पाँचथर, चुक्सा याप्मी इलाम, इक्साहाङ चेम्जोङ झापा, सन्तोष थेबे सुनसरी र पार्वता पोमो जिज्ञासु ताप्लेजुङ रहेका छन् ।

प्रत्येक कविहरुको एक–एक कविता संगीतसंग वाचन हुने र कबिता तङसिङको स्टेजको पनि मौलिक लिम्बु परमपरा अन्तरगत निर्माण गरीने याक्थुङ लेखक संघ जिल्ला तदर्थ समिती झापाका सचिव अभिशेक नेम्बाङले बताए ।

कार्यक्रमलाई सफल बनाउन सबै साहित्य अनुरागीहरु एक जुट भएर लाग्न याक्थुङ लेखक संघ केन्द्रिय सल्लाहकार धर्मेन्द्र बिक्रम नेम्बाङले अपिल गरेका छन् ।

कबिता तङसिङले मुन्धुमी ज्ञान मिमांसु निर्माण गर्ने, मुन्धुमी अनुष्ठान तथा काव्यीक स्पर्शले विश्व साहित्य र संस्कृतिमा नया आयाम अवश्य ल्याउने बताईएको छ ।

सम्बन्धित खवर