लघु चलचित्र ‘मिम्जिए’को बिशेष प्रदर्शनी हुने - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लघु चलचित्र ‘मिम्जिए’को बिशेष प्रदर्शनी हुने


माङसेबुङ / अनिसहाङ लाओतीको निर्माण तथा निर्देशनमा बनेको लघु चलचित्र ‘मिम्जिए’(मायालु)को बिशेष प्रदर्शनी गरिने भएकोे छ ।

आगमी फागुन ३ गते पुजनीय किराँत धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनबाट आशीर्वाद लिदै फागुन ५ गते रेडियो माङसेबुङको हलमा चलचित्र मिम्जिएको बिशेष प्रदर्शनी गरिने भएको हो ।

माङ्सेबुङ टि भि को प्रस्तुतीमा निर्माण भएकोे चलचित्रको कथा लेखन सन्जित फलानाको रहेको छ ।

चलचित्र मिम्जिएमा मिलन लिम्बू, सुमि लावती, सन्जित फलाना, खुसी थेगिम, युसा मगर, रितिक माबोहाङ, प्रताप लिम्बू, लक्ष्मी लाओती, पन्च हाङ्मामा योङ्हाङ र हाङसिंहाङ चेम्जोङ लगायतले अभिनग गरेका छन् ।

संस्कार संस्कृति नमिल्दा प्रेममा उत्पन्न बाधा अर्चनलाई निकै रोचक तरिकाले प्रस्तुत गरिएको चलचित्र मिम्जिएमा आदर्स लिम्बूको छाँयाङकन, तिलक रिजालको सम्पादन, लक्ष्मी लाओतीको सृङगार रहेको छ ।

यसअघि निर्देशक अनिसहाङले आधा दर्जन जति म्युजिक भिडियोमा निर्देशन तथा अभिनय समेत गरेका छन् ।

सम्बन्धित खवर