रेड हर्ष इलाम तेस्रो कचनकवल गोल्डकपको उपाधी नजीक - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रेड हर्ष इलाम तेस्रो कचनकवल गोल्डकपको उपाधी नजीक


कचनकवल / झापाको कचनकवलमा जारी तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगितामा रेड हर्ष फुटबल क्लब इलाम फाइनलमा प्रवेश गरेको छ ।

कचनकवल गाउँपालिका ६ स्थित बनियानी खेल मैदानमा शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा उर्लाबारी फुटबल क्लब मोरङलाई १–० ले पराजित गर्दै रेड हर्ष इलाम फाइनलमा प्रवेश गरेको हो ।

कर्ण लिम्बूको साथमा मैदान प्रवेश गरेको इलामले खेलको पहिलो हाफको नवौं मिनेटमा किस्मत लिम्बुको गोलमा अग्रता दिलाएका थिए । त्यसपछि खेल अवधीभर दुवै टीमबाट गोल हुन नसकेपछि लिम्बुकै गोलनै निर्णायक साबित भयो ।

खेलको म्यान अफ द म्याच इलामका किस्मत लिम्बु घोषित भए । प्रतियोगीताको दोस्रो सेमिफाइनल शनिवार चर्च ब्वाइज युनाइडेट ललितपुर र ताल तलैया फुटबल क्लब सुनसरी बिच हुने बनियानी युवा परिवारका अध्यक्ष हरि बस्नेत चट्टानले बताए ।

भ्रमण वर्षमा नेपालकै होचो भूभाग कचनकवलमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा प्रतियोगिताको आयोजना गरिएको अध्यक्षे चट्टानल जानकारी दिए ।

प्रतियोगितामा विजेता टिमलाई नगद १ लाख ५० हजार र उपविजेता टिमलाई १ लाख नगद पुरस्कारसहित विभिन्न विद्यामा पुरस्कार वितरण गरिने क्लबका सल्लाहकार संयोजक रत्नकुमार बुढाथोकीले बताए ।

सम्बन्धित खवर