डिल्लीकुमार राईको अध्यक्षतामा बुद्धिचाल संघ माङसेबुङ गठन - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

डिल्लीकुमार राईको अध्यक्षतामा बुद्धिचाल संघ माङसेबुङ गठन


माङसेबुङ / डिल्लीकुमार राईको अध्यक्षतामा बुद्दिचाल संघ माङ्सेबुङ गठन गरिएको छ ।

इलामको माङसेबुङ गाउँपालिका ३ चतुरेमा शनिबार भएको भेलाले राईको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा सुकदल सेलिङ, सचिवमा खगेन्द्रराज कार्की र कोषाध्यक्षमा शोभा राई चयन भएका छन् ।

सदस्यहरुमा मदनकुमार राई, अमरदिप राई, हरिचन्द्र योङहाङ, डोकेहाङ लिम्बु, मनिप्रसाद लिम्बु, रामबहादुर लिम्बु र जीबन राई चयन भएका छन् ।

बुध्दिचाल संघ इलामका अध्यक्ष यामप्रसाद लिम्बूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाको तर्फबाट नवगठित समितिलाइ चेस बोर्ड र गोटी समेत उपलब्ध गराएको थियो ।

सम्बन्धित खवर