नेपालमा कोही भोकै मर्नु परेको छैनः प्रधानमन्त्री ओली - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा कोही भोकै मर्नु परेको छैनः प्रधानमन्त्री ओली


दमक/ नेपालमा कोही भोकै मर्नु नपरेको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन ।

दमक चिसापानी रबी सडक खण्डको सिल्यान्यास समारोहलाई आईतबार सम्बोधन गर्दै आलीले उक्त कुरा बताएका हुन् ।

‘नेपाल अलिक अविकसीत देश भए पनि कोहि भोकै मर्नु परेको छैन’ । ओलीले भने, बाँदर र चराले पनि भोकै मर्नु परेको छैन । जंगलभरी कन्दमुल खाएर बाचेको बताए । कसै जनतालाई अभर परि हाले खबर गर्न भन्र्दै ओलीले भने २ लाखको चामल किनेर स्टक राखेको छ । तत्काल नेकपाले जनताको घरमा पुर्यादिने बताए । आवास बिहिनहरुको आवासको ब्यवस्थापन समेत गर्ने भन्दै कसैको जग्ग नहडप्न अनुरोध गरे । अब सुसासन सुरु भैसकेकाले ठुलठुला फटा, भुमाफीया दलाल, जालीहरुलाई कारबाही प्रक्रियामा ल्याउन सुरु गरिसकेको बताए ।

मजाक शैलीमा सहकर्मी मन्त्रीलगायतलाई चिनाउदै बोल्न सुरु गरेका ओलीले अहिलेको जनमुखी सरकार भएको धमाधम काम गर्दै गएको बताए । आफु प्रधानमन्त्री भएपछि २ हजार किमि कालो पत्रे थपिएको छ । यी सडकले नेपाली जनताको जीवन उन्नती हुनमा टेवा हुने भन्दै अब बन्न लागेको यो सडकले झापा, मोरङ, इलाम पान्थरबासी प्रत्यक्ष लाभान्वीत हुने बताए । यो सडक खण्ड लामो समयदेखी बनोस् भन्ने आकांक्षा भएको र त्यो अहिले पुरा हुदै गएको बताए ।

यसरीनै कृषकहरुलाई जमिन कहिन बाझो नराख्न भन्दै आफ्नो सीप क्षमताको सदुपयोग गरि कृषिमा आधुनिकिकरणमा लागु गर्न अनुरोध गरे । बरु पैसा नभए सरकारले शून्य ब्याजमा रिन उपलब्ध गराउनेछ समेत बताए ।

आफ्नै कालमा नेपाली जनता लजास्द अवस्था बाट टोइलेट जन सक्ने भएको छन । उनले बलिकाहरुको लागि सेनिटरी प्याड बितरण गरेपछि बालिकाहरुको पढाइको स्तोरोन्न्ती भएको र अहिले बालिकाहरु प्रथम हुन थालेको बताए ।

कृष्णमन्दिर बेलडाँगी मधुमल्ला बाटोको सिल्यान्यास र दमक १, मा निर्माण गरिएको नमुना बस्ती हस्तान्तरण समेत गरिएको छ ।

सम्बन्धित खवर