फाल्गुनन्द मार्ग कालोपत्रे सडकको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फाल्गुनन्द मार्ग कालोपत्रे सडकको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

दमक/प्रधानमन्त्री केपि शर्मा ओलीले करीब २ दशक अघि देखि निर्माणाधिन फाल्गुनन्द मार्ग दमक चिसापानी सडक  कालोपत्रे सडक शिलान्यास गरेका छन् ।

नेपाल सरकार भौतिक तथा पूर्वाधार मन्त्रालयको आयोजनामा आइतबार प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् ।

झापाको दमक देखी इलामको चुलाचुली र माङसेबुङ गाउँपालिका र पाँचथर सम्म जोडिने यो सडक स्तारोन्नति कार्य कालोपत्रे सुरु हुन लागेको हो । कालोपत्रेका लागि ठेक्का प्रक्रिया समेत अघि बढिसकेको जनाएकोछ ।

४७ किलोमिटर लामो निर्माणाधीन सडकको तीन खण्ड कालोपत्रको काम अघि बढेको छ । सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवका अनुसार पहिलो चरणमा ६।२९ किमि कालोपत्रे २२ करोड ५९ लाख ६४ हजार ६२७ लागतमा बन्ने जनाएको छ ।

महालक्ष्मी र किरातेश्वर जेभीसँग गत २०७५ असार २९ मा सम्झौता भएको सो खण्ड २०७७ पुस २८ गते पूर्णरुपमा कालोपत्रे हुने प्रमुख यादवले बताएका छन् ।

 

यस्तै १५।२६ किमि दोस्रो खण्डको ५४ करोड ४४ लाख ८७ हजार ६३९ को लागतमा लुम्बिनी र गणपति जेभीले र ११।३० किमि तेस्रो खण्ड सडकको रु ५९ करोड १५ लाख ३५ हजार ८३४ लागतमा बन्ने जनाइएको छ ।

यो सडक २०५९ सालमा तत्कालीन मन्त्री नारायणसिंह पुनले साबिक बाँझो गाविसको माङमालुङ बजारमा उद्घाटन गरेका थिए ।

नेपाल सरकार भौतिक तथा यातायात मन्त्रालय सडक डिभिजन कार्यालय दमकले भदौ २५ गते बुधबार गोरखापत्र राष्ट्रिय दैनिकमा ठेक्का प्रक्रियालाई अघि बढाउन बोलपत्र आह्वान गरेको थियो ।
हिउँदको समयमा मात्र यस सडक प्रयोगमा आइरहेको थियो । रुतुवा खोलाको किनार हुदै खोलाको बाटोमा नै अस्थायी रुपमा मोटर सञ्चालन भइरहेको थियो ।

वर्षादको समाय खोला ठुलो हुने भएपछि यात्रुहरु ६ नम्बर बुधबारेको बाटो हुँदै घुमाउरो बाटो घुम्न बाध्य हुदै आएको थियो । अब बाटो कालोपत्रे हुने भएपछि सबै स्थानियहरु खुसि भएका छन् ।

सम्बन्धित खवर