तेह्रथुमको छथरमा फोनिज प्रदेश नं. १ को प्रथम भेला हुदैं - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तेह्रथुमको छथरमा फोनिज प्रदेश नं. १ को प्रथम भेला हुदैं

छथर / नेपाल आदिबासी जनजाती पत्रकार महासंघ फोनिज प्रदेश नं. १ कार्य समितीको प्रथम भेला फागुन ८ र ९ गते तेह्रथुमको छथर शुक्रबारेमा हुने भएको छ ।

प्रदेश अधिबेशन पछि बिभिन्न महत्वपुर्ण कार्यहरु गर्दै आएको प्रदेश समितीको पछिल्लो बैठकले छथर गाउँपालिकाको शुक्रबारेमा ऐतिहासिक प्रथम भेला हुने भएको हो ।

भेलाको मिती नजिकिएसंगै तयारीलाई समेत तिव्र पारिएको फोनिज प्रदेश नं. १ कार्य समितीका महासचिव विदुर खवासले जानकारी दिए ।

उनले दुईदिनसम्म चल्ने भेलामा १४ जिल्लाका करिब एकसय पत्रकारहरु सहभागी हुने बताए ।

फोनिज प्रदेश कमिटीको निर्णय अनुसार फागुन ८ गते कार्यक्रम उद्ध्घाटन तथा प्रगतीको समिक्षा तथा भावी कार्ययोजनाका बारेमा छलफल हुनेछ ।

यसरीनैे ९ गते छथर गाउँपालिका क्षेत्रका ऐतिहासिक तथा पर्यटकिय स्थलहरुको अनुगमन, भ्रमण, अध्ययन तथा प्रचार प्रचार गरिने भएको छ ।

भ्रमण टोलीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रसासकिय अधिकृत, प्रबक्ता, वडाध्यक्ष तथा जनप्रनिधि सहित करिब एकसयजना पत्रकारहरु सहभागी हुने भएका छन् ।

छथरको पर्यटकिय स्थलहरुमा चाङलुङ गुफा, सौरेनी डाडा, साततले धाम, तक्मीनाक्ला, मार्गपोखरी, ताक्लुङ यक, थाक्चोलुङ तोपा माङहिम लगायत रहेका छन् ।

फोनिजको भेला तथा भ्रमणले छथर गाउँपालिकाको पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने आशा रहेको गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले बताए ।

सम्बन्धित खवर