सप्तकोशीमा नालीफुङवा पान्जुक्भोको साक्मुरा वादेम्मा सेवा सम्पन्न - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सप्तकोशीमा नालीफुङवा पान्जुक्भोको साक्मुरा वादेम्मा सेवा सम्पन्न

बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र सप्तकोशीमा किरात साम्यो नालीफुङवा पान्जुक्भोको साक्मुरा वादेम्मा सेवा सम्पन्न भएको छ ।

किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भोको आयोजनामा बिश्वशान्ती तथा मानव एकता चराचर सृष्टि रक्षार्थ बिश्वभरी छारिएर रहेका नालीफुङ्वाहरुको आप्लुङ्गेन ताङ्सेप बार्षिक चोमेन सेवाको पहिलो चरण अन्तर्गत साक्मुरा वादेम्मा सेवा सयांै नालीफुङ्वाहरुको बाक्लो सहभागितामा सम्पन्न भएको हो ।

त्यसैगरि फागुन ७ गते येत्नाम्धुङ लाधुङ्सेमी बार्षिक चोमेन सेवा केन्द्रिय कार्यालयमा हुने नालीफुङवा पान्जुक्भोका केन्द्रिय कोषाध्यक्ष शंकर केरुङले बताए छ ।

साँझमा एक हजार आठ दिप प्रज्वलन साथै सास्कृतिक कार्यक्रम, माङलाङ केलाङ पनि हुने कोषाध्यक्ष केरुङले बताए ।

किरात साम्यो नालीफुङ्वा मुजोत्लुङ पान्जुम्भोको आयोजनामा थुम पान्जुम्भो लगायत तल्लो पाङभे पान्जुम्भो समितिहरुको व्यापक सहभागीतामा बर्षेनी बार्षिक चोमेन सेवाको आयोजना गर्दै आइरहेको छ ।

सम्बन्धित खवर