इलाममा पनि ७० औं प्रजातन्त्र दिवस धुमधाम मनाइयो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा पनि ७० औं प्रजातन्त्र दिवस धुमधाम मनाइयो

इलाम / इलाममा विभिन्न कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा बुधबार इलाम राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको हो ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै जिल्ला समन्य समिती इलामको आयोजनामा इलाम सदरमुकामको चोक बजारमा दिप प्रजोलन गरेर मनाईएको छ ।

नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । त्यहीं फागुन ७ गतेलाई प्रजातन्त्र दिवसको रुपमा मनाइन्छ ।

कार्यक्रममा जिसस प्रमुख गणेश बराल , इलाम नगर प्रमुख महेश बस्नेत उध्योग बाडिज्य संघका अध्यक्ष इश्वर चिपालु , बिभिन्न कार्यालयका प्रमुख एबम इलाम बासीको उपस्थिती रहेको थियो ।

यस्तै नेबिसंघ मरब क्याम्पस एकाई समिती इलामले पनि दिवस मनएको छ । नेबिसंघले चोक बजारमा नेपालको नक्सा बनाएर दिप प्रजोलन साथै शुभकामना आदान प्रदान गरेर मनाएको हो ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।

प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।

सम्बन्धित खवर