माङसेबुङमा च्याउ खेती तालिम सुरु - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा च्याउ खेती तालिम सुरु


माङसेबुङ/ माङसेबुङमा ब्यवसायीक च्याउ उत्पादनको लागि दुई दिने च्याउ खेतीको तालिम सुरु भएको छ ।

माङसेबुङ गाउँपालिका वडा न. ५, का स्थानीयवासीहरुलाई लक्षित गरि सुरु गरिएको तालिम बिहिबारबाट माङसेबुङ ५, को वडा कार्यालयमा सुरु भएको छ ।

माङसेबुङ कृषी शाखा प्रमुख बिबिक दासले सहजीकरण गरेको तालीममा सहभागी करिव २५ जनालाई च्याउको बिउ उपलब्ध गराँउने वडा न. ५, का कार्यालय सहयोगी सुनिल सेर्माले बताए ।

माङसेबुङ ५, का वडा अध्यक्ष नरेन्द्रकुमार राईको अध्यक्षतामा सुरु भएको तालीम शुक्रबार समापन हुने छ ।

सम्बन्धित खवर