लिम्बुवान क्रान्तिकारीद्धारा दुई जनालाई कारबाही - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बुवान क्रान्तिकारीद्धारा दुई जनालाई कारबाही


दमक/ केही समय देखी लिम्बुवान आन्दोलनमा सशक्त रहेको मनिस हेल्लोक नेत्रित्वको लिम्बुवान क्रान्तिकारी पार्टीले दुई जना आफ्ना कार्यकर्तालाई कारबाही गरेको छ ।

शुक्रबार पार्टी कार्यालय विर्तामोडमा महासचिव दिनेश किराती र प्रवक्ता अविनास किरातीले एक विज्ञप्ति जारी गर्दै बालकुमार थाम्सुहाङ(मिसेकहाङ) र मन खुदाङलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा उनीहरुलाई कारबाही गर्नुको कारणबारे जनाउदै लिम्बुवान क्रान्तिकारी पार्टीले अरुण पुर्वको ९ जिल्लालाई लिम्बुवान स्थापना गर्न संघर्ष गर्दै आएको छ तर पार्टीको विधान र नीति विपरीत किरात मोर्चा गठन गरेर कार्याकर्ताको राजनैतिक भविस्य माथी खेलबाड गरेको उल्लेख गरेको छ ।

उनीहरुले लिम्बुवानलाई वेश्या आईमाई जस्तो यता न उताको बनाएको आरोप लगाउदै जिम्मेवार कार्यकर्ता थाम्सुहाङ र खुदाङले पार्टीको साथै लिम्बुवान भुमिको विरुद्ध षडयन्त्र गरिरहने र लिम्बुवान राजनीतिको नाममा अराजनीतिक गर्ने, सामाजिक सदभाव भडकाउने, जातीय हिंसा समेत फैलाउनमा तल्लिन रहेको आरोप लगाएको छ ।

थाम्सुहाङ र खुदाङ पार्टीको कुन तहका कार्यकर्ता भन्ने कुरा भने उल्लेख गरेको छैन् ।

सम्बन्धित खवर