संघीय लिम्बुवान मञ्च नेपाल हिलिहाङको अध्यक्षमा लिङ्देन - Mangsebung News
  • मङ्गलबार, पुष ०१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संघीय लिम्बुवान मञ्च नेपाल हिलिहाङको अध्यक्षमा लिङ्देन


हिलिहाङ / संघीय लिम्बुवान मञ्च नेपाल हिलिहाङ गाउँपालिकाको प्रथम अधिबेशनले अध्यक्ष्मा चन्द्रकुमार लिङ्देनलाई निर्वाचित गरेको छ ।

केन्द्रीय सचिवालय सदस्य तथा अन्तराष्ट्रिय प्रवास समन्वय समितिको संयोजक चन्द्रकुमार लिङ्देनको प्रमुख आतिथ्यमा शनिबार पान्थरको गोपेटारमा सम्पन्न पहिलो अधिबेशनबाट समितिको उपाध्यक्षमा अमृत लिङ्देन, सचिवमा गणेश लिङ्देन, सहसचिवमा लक्ष्मी योङ्हाङ र अर्थ सचिवमा गणेश योङ्हाङ निर्वाचित भएका छन् ।

यसैगरि सदस्यहरुमा धनबहादुर थाम्सुहाङ, देउप्रकाश योङ्हाङ, शर्ण केरुङ, हर्कप्रसाद हेम्ब्या, पदम थङगम्बा, बजिन लावती, राजेस योङ्हाङ र सन्तोशा सिगु(हर्कमायाँ) रहेका छन ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य तथा अन्तराष्ट्रिय प्रवास समन्वय समितिको संयोजक चन्द्रकुमार लिङ्देन, जिल्ला अध्यक्ष सागर केरुङ, उपाध्यक्षद्वय चन्द्रराज आङ्देम्बे, हर्कजङ लिङ्देन, अर्थ सचिव योगेस योङ्या, जिल्ला सचिवालय सदस्य नरबहादुर हेम्ब्या, जिल्ला सदस्यद्वय बिनोद योङ्हाङ र श्री खुदाङले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसरीनै संघीय बिद्यार्थी युनियनका जिल्ला उपाध्यक्ष सम्झाना योङ्हाङ, संघीय युवा मञ्च जिल्ला उपाध्यक्ष आधार घिमिरे, सचिव रामचन्द्र नेम्बाङ, अर्थ सचिव आशिस सुहाङ, सदस्य शर्ण केरुङ, एलभी कमान्डर कुमार यवा मौसम, नेता राम केरुङ समेतले शुभकामना मन्तव्य राखे ।

सम्बन्धित खवर