याक्थुङ ज्ञान जागरण सम्पन्न, दुई सम्मानित(फोटो फिचर सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ ज्ञान जागरण सम्पन्न, दुई सम्मानित(फोटो फिचर सहित)


शिवसताक्षी/ किरात इतिहास, मुन्धुम र मौलिकाताका विषयमा खोज र बौद्धिक बहस गर्ने हेतुले याक्थुङ ज्ञान जागरण कार्यक्रम सम्पन्न भएको छ ।

झापाको शिवसताक्षी नगरपालिका दुधे बजार स्थित रहेको संयुक्त भु. पु. सैनिक संघको भवनमा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

 

याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष भुपेन्द्र खुदाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर लिम्बु समुदायका लागि योगदान पु¥याउने दुई जना ब्यक्तित्वलाई सम्मान गरेका थिए ।

 

यसैगरी लिम्बु समुदायका विज्ञ चार जना ब्यक्तित्वहरुले विभिन्न विषयमा वक्तब्य वा कार्यपत्र प्रस्तुत गरेका थिए ।

लिम्बु गीत संगीत उत्थानका निम्ती अतुलनीय योगदान पु¥याएको भन्दै गायक यादन सेर्मा ‘नुनाम’ र लिम्बुवान स्थापनाको लागि संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चमा रहेर राजनीति गर्दै हाल चुलाचुली गाउँपालिमा वडा न. १, मा अध्यक्षका रुपमा निर्वाचित भई जनप्रतिनिधी रहेका ध्रव लावती(पुर्ण)लाई सम्मान पत्रले सम्मान गरेका छन ।

 

यसरीनै कार्यक्रममा ‘किरात इतिहास’ विषयमा इतिहासकार क्या. गापीलाल लिङदेन, ‘विश्व राजनीतिमा पहिचानको संकट र वर्तमान युवाहरुको भुमिका’ विषायकमा प्रा. भिम इजम, ‘मुन्धुमका केही कुरा’ विषयमा साहित्कार मुन्धुम विज्ञ सेन्छेन्हाङ हरी हुक्पा चोङबाङ र ‘किरात याक्थुङ सभ्यतामा भेषभुषा, जीवन शैली र पहिचान’ विषयमा लेखक बिक्रम फागो वनेमले कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

याक्थुङ युवा मञ्च झापा शाखाले आयोजनामा प्रताव निङलेखुले सञ्चालन गरेको कार्यक्रम प्रेम सेर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

 

सम्बन्धित खवर