जीवनको भिख माग्दै एलिना बचाँउन सम्पुर्णमा अपिल - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जीवनको भिख माग्दै एलिना बचाँउन सम्पुर्णमा अपिल


भनिन्छ मान्छेलाई ऋण लागोस् दीन नलागोस् । तर यस्तै भयानक दीन लागेको छ, चौबिसे गाउँपालिका वडा न. ८ साम्मेवा, धन्कुटा निवासी मनकुमार लिम्बुको परिवारमा ।

मान्छेलाई दीन लागेपछि न उमेर छुट्याउछ न जातपात, वगर्, समुदाय वा धनी गरीब नै । यस्तै भयानक दीन दशा लागेर मनकुमार लिम्बूकी छोरी एलिना लिम्बुलाई लिप्पोष्ट बाथ तथा सेतो रगत उत्पादन नहुने र मृगौला रोगले समेत आक्रमण गरेर ग्रसीत भएकी छिन् ।

सिंहदेवी मा वि मा कक्षा १० मा अध्यनरत उनी पढाइमा अबल र अनुशासित छिन । तर अहिले यी सारा कुरा छोडेर जीवन मरणको अन्तिम मोडमा हस्पिटलको बेडमा छटपटाई रहेकी छिन् ।

१६ वर्षीय एलिनाको परिवारको आर्थिक अवस्था नाजुक रहेकोे छ । पारिवारिक अवस्था कमजोर रहेको कारण औषधि उपचार पर्याप्त मात्रामा गर्न नसकेको कारण उनी आज तपाइहरु मझ सहयोगको याचना माग्दै सहयोग पाएर अझै बाच्ँने आशमा पालेकी छिन् ।

अझै बाचेर केही गर्ने लक्ष्य रहेको छ भन्दै आशँु चुवाउदै रुन्छिन् उनी । एलिनालाई बचाँउनको लागि भिमबहादुर कार्कीको संयोजकत्वमा एलिना बचाउ अभियान समिती गठन गरी आर्थिक संकलन थालेको छ ।

तपाईं हाम्रो सानो सहयोग एलिनाको जीवनको लागि अमुल्य सहयोग हुन सक्छ । उनको अमुल्य निर्दोष जीवनलाई पुनर जन्म दिन सकिने छ । त्यसैले उनको जीवन बचाउन सम्पुर्ण सहयोगी मनहरुलाई अपिल गरिएको छ ।

उनलाई सहयोग गर्न चाहानुहुने मनकारी महानुभावहरुले तलको नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ ।
शान्ति देवी लिम्बु : ९८६२२८५७६६
भिमबहादुर कार्की : ९८४२१२१९५४
देबेन्द्र चेम्जोङ : ९८४२०६४६७५
हृदय थेगिम : ९८४२०७६९२४८
टेकबीर युङ्साहाङ  : ९८४२२४१६७४/९८१४३६७७१२

सम्बन्धित खवर