थेगिमहाङ सयङको अन्तरक्रिया सम्पन्न - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थेगिमहाङ सयङको अन्तरक्रिया सम्पन्न


केराबारी / थेगिमहाङ् सयङ नेपालको जिल्ला भेला तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

मोरङको केराबारी गाउँपालिका–१, पाटीगाउँमा आईतबार थेगिमहाङ् वंशावली लेखक/सम्पादक तथा किरात सेन्छेने सेनेहाङ थेगिमहाङ सयङ नेपालका अध्यक्ष भीम बिक्रम सेन चोबेगु थेगिमहाङ्को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

मोरङ, सुरसरी र धनकुटा जिल्लामा बसोबास गर्ने थेगिमहाङ बंश भित्रको दाजुभाइहरुको भेटघाट तथा बंशावली खोज अनुसन्धान, उत्थानको निमित्व अन्तरक्रिय भएको थियो ।

भेलामा पान्थर याङ्नामबाट छरिएर बिश्वभरिको कुना–कुनामा बसोबास गदै आइरहेका साम्दिहाङ थेगिमहाङका चार भाईका सन्तानहरु जेठो चोबेगु, माइला हाङ्सरुम्बा, साइला केरुङ र कान्छा थोक्लिहाङ थेगिमहाङ दाजुभाइहरुको स्थिति कस्तो छ ? बसाइ सराईको क्रममा विभिन्न स्थानमा बसोबास गर्दै आएका दाजुभाईहरुबीच एक आपसमा चिनजान नहुँदा बिहेवारी समेत हुने सम्भाव भएकोले बंशावली सुधार कसरी गर्न सकिन्छ भन्ने कुरामा छलफल/बहस भएको थियो ।

उक्त भेलाले आगामी २०७६ चैत १७ गते धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका ५ डाँडाबजारमा बहस तथा अन्तरक्रिया कार्यक्रम गर्ने र २०७६ चैत २२ गते मोरङ्को केराबारी गाउँपालिका ४ खदम खोलामा सामुहिक सेवा गर्ने निर्णय भेलाले गरेको छ ।

कार्यक्रममा तीन जिल्ला तदर्थ समितिका अध्यक्ष नरबहादुर थेगिमहाङ, केराबारी गा.पा. वडा न. १ का अध्यक्ष चन्द्र सिं थेगिमहाङ, सल्लाहकार तप्पधोज थेगिमहाङ, सरस्वती मा. वि. प्रधानाध्यापक ताराकुमारी थेगिमहाङले मन्तब्य राखेका थिए ।

कार्यक्रम खगेन्द्र थेगिमहाङ्को सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य मोहन थेगिमहाङ्ले राखेका थिए । कार्यक्रम संचालन चोबेगु राज सानु थेगिमहाङ्ले गरेका थिए ।

सम्बन्धित खवर