कविता तङसिङ–२ ले भाइचारा र धार्मिक सहिष्णुता कायम गर्न सहयोग गर्छ :–  मौलश्री लाओती - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कविता तङसिङ–२ ले भाइचारा र धार्मिक सहिष्णुता कायम गर्न सहयोग गर्छ :–  मौलश्री लाओती


आगामी फागुन २४ झापाको दमकमा हुन गइरहेको कविता तङसिङ–२ को सेरोफेरोमा रहेर याक्थुङ लेखक संघ झापा जिल्ला तदर्थ समितिका अध्यक्ष मौलश्री लाओतीसंग साङसेन वारक पंधाकले लिएको अन्तरवार्ता :

१)याक्थुङ लेखक संघ भनेको के हो ?
संसारभरी छरिएर रहेका याक्थुङ लेखकहरूको भेलाले मिति २०७६ जेठ १५ गते झापामा ‘याक्थुङ लेखक संघ’ गठन गरेका हो । झापाको विर्तामोडस्थित विएण्डवाई होटलमा भएको भेलाले प्रकाश थाम्सुहाङको अध्यक्षतामा २९ सदस्यीय कार्य समितिको गठन भएको थियो ।
जसको उपाध्यक्षमा अप्सरा लावती, संगम सुहाङ, महासचिव टंक सेलिङ, उपमहासचिव मधु केरुङ, सचिव मनिष हेल्लोक, कोषाध्यक्ष साङसेन वारक पंधाक रहेका छन् ।
सदस्यहरूमा सेसेमी से नाल्बो, अभागी थेगुवा, प्रकाश आङ्देम्बे, सुन्दर कुरूप, मुनराज सेर्मा, राज माङ्लाक, सेसेहाङ फियाक, चन्द्रबीर तुम्बापो, केजि सुब्बा, सागर केरुङ, पुष्पहाङ लोवा, मंगल बेघा, सन्तोष थेबे, इक्साहाङ चेम्जोङ, वनेम बिक्रम फागो, सिङ्जाङ चेम्जोङ, पेलिहाङ माबोहाङ, रोहित आङ्बो, दिलदुखी जन्तरे, सन्देश सुब्बा, सन्त थलङ, डिल्ली मुसाहाङ रहेको छ ।
सो भेलाले ७ वुँदे घोषणापत्र पनि जारी गरेको थियो । घोषणा पत्रमा लिम्बुवान मुक्तिका खातिर कलम चलाउने, लिम्बुवान सौन्दर्यशास्त्र, लोक वाङ्मयहरूको पुर्नजागरणका लागि प्रोत्साहन गर्ने आदि छन् ।

त्येअङ्सी सिरिजङ्गा, इमानसिंह चेम्जोङ, लालसोर सेन्दाङ, खड्गबहादुर नेम्बाङ, काजीमान कन्दङवा, महाकवि थाम्सुहाङ पुष्प सुब्बा आदिको याक्थुङ साहित्यिक विरासतलाई ध्यानमा राख्दै, याक्थुङ लेखकहरूको प्रथम ऐतिहासिक भेलाका सहभागीहरूबाट व्यक्त विचारहरूलाई मनन गर्दै याक्थुङ लेखक संघ तदर्थ समितिद्वारा याक्थुङ लेखक संघको घोषणापत्र–२०१९ जारी गरे । जुन यस प्रकार छन् :–
(१) लिम्बुवान मुक्तिका खातिर कलम चलाउने ।
(२) लिम्बुवान राज्य प्राप्तिका लागि चालिने जुनसुकै आन्दोलनहरूलाई सहयोग र समर्थन गर्ने ।
(३) लिम्बुवान सौन्दर्यशास्त्र, मुन्धुम, याक्थुङ लोक वाङ्मयहरूको पुनरजागरणका निम्ति याक्थुङ लेखकहरूलाई पुनरजागृत गर्ने ।
(४) याक्थुङ भाषा, सिरिजङ्गा लिपिमा सिर्जना गर्न, याक्थुङ साहित्यलाई सिद्धान्तपरक र विशिष्टीकरण गरी सिर्जना गर्न सर्जकहरूलाई उत्प्रेरित गर्ने ।
(५) विविध वाद र वैचारिक समूहमा रहेका याक्थुङ लेखकहरूलाई एकताबद्ध गराई लिम्बुवानी राजनैतिक चेतनामा ध्रुवीकरण गर्ने ।
(६) सबैखाले राजनैतिक विचारमा आवद्ध याक्थुङ लेखकहरूको साझा चौतारीका रूपमा याक्थुङ लेखक संघलाई अगाडि बढाउने ।
(७) लिम्बुवानका मुन्धुमी, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक स्थलहरू पर्यावरणीय साहित्यक दृष्टिविन्दुले संरक्षित गर्ने ।

याक्थुङ लेखक संघ विभिन्न जिल्ला जस्तै ताप्लेजुङ, पान्थर, झापा, धन्कुटा र काठमाडौंमा पनि गठन भएको छ्र ।

२)कविता तङसिङ–२ भनेको हो…?
सतहीमा भन्नू पर्दा यसलाई काव्यिक अनुष्ठान भन्न सकिन्छ । लिम्बू समाजमा प्रचलित तङ्सिङ अभिष्ट प्राप्त गर्न दत्तचित्त भएर गरिने धार्मिक आराधना हो ।

३)कविता तङसिङ यो पहिलो हो…?
यो कविता तङसिङ पहिले होइन । पहिलो कविता तङसिङ काठमाण्डौको याक्थुङ लेखक संघ उपत्यका समितिले २०७६ भदौ २८ गते शनिबारका दिन राष्ट्रिय नाचघर जमल, काठमाण्डौंमा गरेका थिए । जहाँ २३ जना कविहरुले कविता वाचन गरेका थिए ।
संगीतको धुनसँगै कविता सुनाउन कविता तङसिङको लागि गायीका झुमा लिम्बुको रैथाने सङ्गीत समूह र ब्लिस म्युजिकले प्रत्येक कविताको भाव अनुसार संगीत तयार गरेको थियो ।

४) कविता तङसिङ–२ झापामा नै किन …?
कविता तङसिङ–२ ले पछिल्लो समयमा लिम्बू कवि वा समुदायले समाज र राष्ट्रिप्रती के सोचिरहेका छन् जस्ता यावत् कुराहरु कविता तङ्सिङ्मा उजागर गर्न उनीहरुको काव्यीक चेत कता तीर गैरहेको छ भन्ने कुरा थाहा पाउका लागि पनि हो ।

५) कविता तङसिङ–२ झापाले समाज र राष्ट्र निर्माणमा कसरी सहयोग गर्छ…?
यसले समाजमा भाइचारा र धार्मिक सहिष्णुता कायम गर्न थप सहयोग मिल्नेछ, भन्ने हाम्रो बुझाई रहेको छ ।

६) अहिले लिम्बु श्रष्ट्राहरुले के लेखीरहेका छन…?
अब देश भित्र आफ्नो आदिम इतिहास र पहिचान हुनै पर्छ भनेर आफ्नै कुरा लेख्नमा जोड दिईरहेका छन् ।

७) पछिल्लो साहित्यिक आन्दोलन तेस्रो आयाम, सिर्जनशील अराजकता, उत्तरवर्ती सोच, मुक्त अभियान, फरक आयाम, कुकुर कबिता र केस्रा आन्दोलन सबै लिम्बुहरुले सुरुवात गरेको देखिन्छ । यो आन्दोलन किन गरीरहेका छन्…?
लिम्बुहरु पनि चिन्तन गर्न सक्छन् र चिन्तक भएर देश र समाजलाई दिशानिर्देश गर्न सक्ने हैसियत बनाइ सकेका छन् भन्ने यी आन्दोलनहरु ज्वलन्त उदाहरण हुन् । उदाहरण बन्नु चानचुने कुरो हैन । उदाहरण बन्नै पर्ने भएकोले यसो भएको हो । किनकी यो देशले लिम्बू वा लिम्बुवान क्षेत्रलाई कहि न कहि विभेद नीति नै अख्तियार गरिरहेछ, त्यसैको छेकथुनको लागि उपस्थिति भनौ या आन्दोलन भैरहेको हो भनेर बुझ्दा सबैलाई लाभदायक हुनेछ ।
यी त साहित्य क्षेत्रका लागि मात्र भयो राजनीतिक वा अन्य पाटोमा पनि लिम्बू समुदायको उतिकै उपस्थिति देखा पर्न थालिसकेको छ ।

८) यी आन्दोलनहरुलाई अझैसम्म केन्द्रले किन स्वीकार गर्दैन्…?
राष्ट्रले संघीयतामा गयो भने पनि अझै एकल भाषा, जाति र धर्म भन्ने न नीतिको पक्षपोषण गरी रहेको छ्र, अनि कहाँ यी आन्दोलनहरु स्वीकार छ त ?

९) लिम्बु कविहरु लेखन भन्दा पनि बहस बढी गरीरहेका छन भन्ने आरोप छ नी…?
म त भन्छु, बहस हुनु अति राम्रो । लेख्न अघि बृहत बहस हुनुपर्छ, तर त्यसबाट आउने निराकरण शताब्दीऔसम्म पत्थरको लकिर हुनुपर्छ । यतिबेला लिम्बू कवि होस् वा समुदाय, सुनामी आउनु अघिको समुन्द्री छाल जस्तै उछाल मच्चिरहेकोछ । म प्रत्येक हाम्रो बहसहरुलाई यसरी बुझिरहेछु ।

१०) साहित्य अनउत्पादनशील चिज हो । यसमा लागेर काम छैन भन्नेहरुलाई कविता तङसिङ–२ बाट के सन्देश दिनु हुन्छ…?
अहिले चलेको चिज भनेकै अनुत्पादनशील चिज हो, जस्तो कि राजनितीमा मैले बुझेको चै साहित्य भन्दा एक कदम अघि राजनीति हुन्छ । कविता तङ्सिङ्ले दिने सन्देश भनेको लिम्बू कविता मार्फत भाषा, समाज, संस्कृतिका कुरा साथै मिथक इत्यादि हो । अब मुलधारको भाषा, साहित्यमा आइसक्यो । कसैको एकल प्रभुत्वले मात्र राष्ट्रको साहित्य विश्वकृत हुन सक्दैन । सुगाँ रटानले नेपाली साहित्य यथास्थितिमा रहिरहने भो, अब तिमी पनि बोल्न सिकाउ, म पनि सिकाउछु, उस्ले पनि सिकाउछ । यसरी सबैले बोल्न सिकाए पछि विविधता हुन्छ र सुन्नेलाई पनि चाख लाग्छ । समग्रमा ‘यो देशमा हामी पनि छा’ै भन्ने सन्देश कविता तङ्सिङ्ले दिनेछ ।

११) तङसिङ भनेको सास्कृतिक अनुष्ठान हो तर तपाईहरुले कवितासंग किन जोड्नु भयो…?
वास्तवमा कविहरु येबा नै हुन । लेख्ने बेलामा मनमनै फलाकिरहेका हुन्छन् । यस कार्यक्रममा कविहरुका कवितामा हाम्रो कुराहरु नै ज्यादा पाइने भएकोले तङ्सिङ भन्दा उपयुक्त नाम अर्को नहोला ।

१२) पछिल्लो समयमा लिम्बु समाज धार्मिक रुपमा बहस गरेर पुरै पानी बाराबार गर्ने स्थितिमा देखिन्छन् यसलाई यालेस झापा तदर्थ समिति कसरी हेर्छ र के निकास दिन्छ..?
बहस हुनु पछर्,्र बहसलाई एकाडेमिकल्ली लानु पर्छ्र । बहस समाजलाई जोड्ने अनि प्रगतिको पथमा लाने खाल्को हुनु पर्छ्र । समाज भाँड्ने खाल्को हुनु हुदैन् । झापाले मिलाउन प्रयत्न गर्छ । त्यसैले सबै बिचार धाराका कविहरुलाई एकै ठाउँमा उभ्याएकोछ्र ।

सम्बन्धित खवर