प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, अवस्था स्थिर (विज्ञप्ती सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, अवस्था स्थिर (विज्ञप्ती सहित)

काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको र स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पताललले जनाएको छ । प्रेस विज्ञप्ति निकालेर अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य स्थिर अवस्थामा रहेको जनाएको हो ।

अस्पतालका निर्देशक प्रा. डा. प्रेम कृष्ण खड्गाले प्रधानमन्त्रीका सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको मिर्गौलाले काम गर्न थालिसकेको जानकारी दिए ।

प्रधानमन्त्रीकी भाञ्जी समीक्षा संग्रौलाले एउटा मिर्गौला दान गरेको र उनको पनि स्वास्थ्य स्थिति सामान्य अवस्थामा रहेको जानकारी गराए ।

मिर्गौला प्रत्यारोपण टोलीमा प्रा. डा. उत्तमकुमार शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, प्रा. डा. अनन्त कुमारलगायतको सहभागिता रहेको अस्पतालले जनाएको छ ।

मिर्गौला प्रत्यारोपण चिकित्सक टोलीमा प्रा. डा. दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रबिन नेपाली लगायतको टोली सहभागी थियो ।

एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ र प्रा. डा. सुवास आचार्यलगायतको टोलीको सहभागिता रहेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खवर