
- आन्छुमे नसान
माङसेबुङ । गायक तथा संगीतकार शाहिल लिम्बू र गायिका जुनु प्रसाईको सुमधुर आवाजमा पुर्वेली लोक भाकामा सजिएको प्रेमिल गित ‘बाहुनी मनपर्यो’ सार्वजनिक गरिएको छ ।
शाहिल लिम्बूकै शव्द तथा संगीत रहेको पुर्वेली गित ‘बाहुनी मनपर्यो’ भिडियो शाहिल लिम्बू युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

शुसिल भट्टराईको संगीत संयोजन रहेको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।
गितमा शाहिल र जुनुको अलावा कोरषमा विजय मगर, नविन दहाल, शुभम चाम्लिङ राई, राजु बाराकोटी, अप्सु योगी र मोनिका राईको समेत आवाज रहेको छ ।
भिडियो दामी क्रिएशनले तयार पारेको हो ।
भिडियो हेर्नुहोस…








