
- आन्छुमे नसान
माङसेबुङ । निर्देशक दिनेश माङमुको निर्देशनमा पुर्वेली लोक भाकामा सजिएको प्रेमिल गित ‘अम्लारी फुङको वासना’ सार्वजनिक गरिएको छ ।
गायक तथा संगीतकार शाहिल लिम्बू र गायिका तिर्सना नेम्बाङको सुमधुर आवाजमा सजिएको पुर्वेली गित ‘अम्लारी फुङको वासना’ को म्युजिक भिडियो मीना लिम्बू युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
शाहिल लिम्बूकै शव्द तथा संगीतमा पालाम ख्याली भाकामा फ्यूजन गरिएको पुर्वेली गित ‘अम्लारी फुङको वासना’ को स्टुडियो भिडियो यस अघि शाहिल लिम्बू युट्यूव च्यानलबाट सार्वजनिक गरिएको थियो ।
लिम्बू समुदायमा अम्लारीफुङलाई प्रेमको प्रतिकको रुपमा मानिन्छ । भिडियोमा अम्लारी फुङको वासनासँग सुरुवात भएको प्रम साँचो हुन्छ । साँचो प्रेम कहिल्यै अन्त्य हुँदैन भन्ने त्रिकोनात्मक प्रेम भाव प्रस्तुत गरिएको भिडियोमा मनाहाङ लावती, मीना लिम्बू र अनिता राजबंशीको जीवन्त अभिनय रहेको छ ।

अनिता राजबंशीको कोरियोग्राफी रहेको भिडियोमा सुजन श्रेष्ठको छायांकन तथा सम्पादन, देवराज सिग्देलको सहायक छायांकन, कृष्ण सुबेदीको मेकअप, निश्चल कुलुङ राई र बिकास राईको कला, एमके सुब्बाको पोष्ट प्रडक्शन रहेको भिडियोमा कलर तथा थप सम्पादन योगेश दहालको रहेको छ ।
देवेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।
गितमा शाहिल र तिर्सनाको अलावा कोरषमा विजय मगर, शुभम चाम्लिङ राई, राजु बाराकोटी, दिपा तामाङ र अप्सु योगीको समेत आवाज रहेको छ ।
बिन्दिया राई, सिक्कुम लिम्बु, एमके सुब्बा, निश्चल कुलुङ राई, बिकास राई र भक्त नेम्बाङको समेत अभिनय रहेको भिडियो निक्कैनै उत्कृष्ट बनेको छ ।
भिडियो हेर्नुहोस…








