लोकेनको निर्देशनमा शिव र दुर्गाको पालाम ‘युन्छोबा सेमी’ सार्वजनिक - Mangsebung News
  • मङ्गलबार, फागुन १२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लोकेनको निर्देशनमा शिव र दुर्गाको पालाम ‘युन्छोबा सेमी’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायक शिव कुमार सम्बाहाङफे र गायिका दुर्गा तुम्साको आवाजमा सजिएको पालाम ‘युन्छोवा सेमी’ सार्वजनिक गरिएको छ ।

कल्पना आङबुहाङको शव्द संकलन तथा देवकला मादेन लिम्बूको लय संकलन रहेको पालाम ‘युन्छोवा सेमी’ को म्युजिक भिडियो मेरी आमा कल्पना आङबुहाङ युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

लोकेन साम्बाको निर्देशन रहेको पालाम भिडियोमा आईजीपी चन्द्र कुबेर खापुङ, सारदा थाङदेन, लक्ष्मी योङहाङ, सलमान थलङ, इन्द्र सेर्पा, दीपा सुहाङ, कविता थोप्रा, पुर्ण साँवा, रुद्र पाहिम, बिपना हाङगाम, नितु रानी नेम्बाङ, तुलचन्द्र कुरुम्बाङ, निर्मल लिवाङ, सनी लिम्बू, ज्योति आङबुहाङ, धनजित साँवा, मान थलङ, रानी चोङबाङ, मनु थक्लुङ, पुर्ण सेलिङ, हर्क घिसिङ, मिना लिङखिम, निसाम बेघा र दिपेन्द्र नाल्बोको अभिनय रहेको छ ।

इशाक जवेगुको छायांकन तथा पारु थलङको सम्पादन रहेको पालामको संगीत संयोजन मनोज साङसोन राईले गरेका छन् भने, काव्या रेकर्डिङ स्टुडियोमा रकर्ड गरिएको पालामलाई जय कुमार बान्तावाले रेकर्ड गरेका हुन् ।

पालामलाई पछिल्लो समय नेपाली र लिम्बू भाषामा फ्युजन गरी गाउने परिपाटीको विकास हुँदै आएको छ । फलस्वरुप लिम्बू संस्कृतिमा आधारित नेपाली र लिम्बू भाषामा फ्यूजन गरि तयार पारीएको यो पालाम र भिडियो निक्कै नै उत्कृष्ट बनेको छ ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर