फाक्फोकथुमको तिनजुरे बोर्डिङमा आगोलागी - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फाक्फोकथुमको तिनजुरे बोर्डिङमा आगोलागी


इलाम / इलामको फाकफोकथुम गाउँपालिका ६ फुस्रेरहेको तिनजुरे बोर्डिङ स्कुलको छात्राबासमा आगलागि हुँदा २५ लाख बढीको क्षति भएको छ ।

बुधबार साँझ भएको आगलागीमा भाँडावर्तन,अन्नपात, लत्ताकपडा, दुईवटा टेलिभिजन, चारवटा ल्यापटप, दुईवटा कम्प्युटर, टेबल, कुर्सी, दराज, खाट र कागजात जलेर नष्ट हुँदा २५ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

काठ र टिनबाट निर्माण गरिएको दुई तले छात्राबासमा विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए ।

एकतप्पा प्रहरी चौकी र स्थानीयको सहयोगमा दुई घण्टापछि आगो लागी नियन्त्रणमा लिईएको थियो ।

सम्बन्धित खवर