आर्मीलाई हराउदै आयोजक माइभ्याली क्लव फाइनलमा - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आर्मीलाई हराउदै आयोजक माइभ्याली क्लव फाइनलमा


इलाम / इलाममा जारी माइभ्याली गोल्डकपको फाइनलमा आयोजक माइभ्याली फूटबल क्लव पुगेको छ ।

विहिबार इलामको ठुलो टुडीखेलमा भएको सनसनी पुर्ण प्रतिष्पर्धात्मक खेलमा बलियो प्रतिद्धण्द्धी त्रिभुवन आर्मी क्लवलाई सडन डेथको आधारमा पाँच चार गोल अन्तरले हराउदै आयोजक माइभ्याली फूटबल क्लव फाइनल पुगेको हो ।

यो जीतसँगै आयोजक माइभ्यालीले कम्तीमा पाच लाख पक्का गरेको छ । उपाधिको लागि भने शनिबार मच्छिन्द्र क्लवसँग प्रतिष्पर्धा गर्ने निश्चित भएको छ ।

निर्धारित ९० मिनेटको समय र अतिरिक्त २० मिनेटको समयमा समेत खेल बराबरीमा टुंगीए पछि सडन डेथको आधारमा खेलको निर्णय भएको हो ।

आर्मीसंगको रोचक प्रतिष्पर्धामा ३४ औ मीनेटमा गोल गर्दै माइभ्याली फूटबल क्लवका करन राइले आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर आयोजक माइभ्यालीले खेललाई जोगाउन नसक्दा त्रिभुवन आर्मीका सन्तोष तामाङले ४१ औ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए ।

खेलको म्यान अफ दि म्याच माइभ्याली फूटबल क्लवका गोलकिपर देव लिम्बु घोषित भए । उनले नगद १५ हजार र ट्रफी प्राप्त गरेका थिए ।

शनिबार मच्छिन्द्र क्लव काठमाडौ र माइभ्याली फूटबल क्लव बीच फाइनल खेल हुने छ । गोल्डकपका विजेताले नगद आठ लाख र उपविजेताले पाँच लाख नगद सहित ट्रफि र मेडल प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर