पत्रकार मञ्च दमकको साधारण सभा स्थगन - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पत्रकार मञ्च दमकको साधारण सभा स्थगन


दमक / दमक पत्रकार मञ्चको १० औं साधारण सभा स्थगन भएको छ ।

मञ्मको आकश्मिक बैठकको निर्णयहरु बिहीबार पत्रकार समेलन गरी सार्वजनिक गर्दै अनिश्चित समयसम्मको लागि साधारण सभा स्थगन भएको जनाएको छ ।

मञ्चका अध्यक्ष मनकुमार गदाल, उपाध्यक्ष झगेन्द्र बहादुर खडका र सचिव देशराज नेम्बाङले संयुक्त रुपमा विज्ञप्ती जारी गरी स्थगन भएको जनाएको हो ।

छिमेकी देश चीनबाट विश्वभरी महामारीको रुपमा फैलिरहेको कारोना भाईरस (कोभिड १९) को उच्च जोखिममा नेपाल पनि रहेको र नेपाल सरकार साथै झापा जिल्लले समेत सभा, कार्यक्रम नगर्न अनुरोध गरेको कार्यक्रम स्थगन गरीएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

फागुन ३० गते गर्ने तय भएको साधारण सभा अर्को निर्णय नभए सम्म स्थगन भएको विज्ञप्तीमा जनाएको छ ।

सम्बन्धित खवर