कोरोना भाईरस नियन्त्रणका लागि माङसेबुङ गाउँपालिकाको १२ वटा निर्णय - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना भाईरस नियन्त्रणका लागि माङसेबुङ गाउँपालिकाको १२ वटा निर्णय

माङसेबुङ / चीनको वुहानबाट विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९)को नियन्त्रणका लागि माङसेबुङ गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले १२ वटा निर्णयहरु पारित गरेको छ ।

कोरोना भाईरस(कोभिड–१९)बाट बच्न संघीय सरकारले चलाएको निर्णयहरु, परिपत्र र निर्देशहरु अक्षांश पालना गर्दै संघीय सरकारको अभियानलाई अझ प्रभावकारी बनाउन माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगोको अध्यक्षतामा आईतबार बसेको गाउँ कार्यपालिकाको बैठकले १२ वटा निर्णयहरु पारित गरेको हो ।

यस्ता छन् माङसेबुङ गाउँपालिकाका १२ वटा निर्णय

१) कोरोना भाईरलले विश्वभरी महामारीको रुपमा फैलिएको सन्दर्भमा गाउँपालिकाभित्रका रहेका व्यापारीहरुले आ(आफ्नो पसलमा कालो बजारी तथा कृतिम अभाव सृजना गरेरनगरेको स्थलगत अनुगमन गर्न, गाउँपालिकाले कोरोना भाइरसबाट बच्नको संचालन गरेको अभियान प्रभावकारी भएरनभएको कुरा अनुगमन गर्न गाउँपालिका अध्यक्षको डिकेन्द्र इधिङगोको अध्यक्षतामा गाउँपालिका स्तरीय अनुगमन समिति गठन,

२) खाद्यान्न संकटलाई मध्यनजर माङसेबुङ गाउँपालिकाको निम्न वडाहरुको स्थानहरुमा निम्न बस्तुहरु स्टक गर्ने निर्णय,

स्थान,   चामल,   खानेतेल  र   नुन

चत्तुरे ५० बोरा (३०केजी) २० कार्टुन २ बोरा,

मनिपुर ५० बोरा (३० केजी) २० कार्टुन २ बोरा,

मर्चेबुङ ३० बोरा (३० केजी) १५ कार्टुन २ बोरा,

३) निशुल्क माक्स तथा डेटल वितरणको ५र५ हजार माक्सरडेटल साबुन र सेनिटाईजर अनि ६ वटा थर्मल गन खरिद गर्ने,

४) गाउँपालिकाको प्रवेशद्वारको ५ सिमना स्थानहरुमा स्वास्थ्य परिक्षण (थर्मल गनरसेनिटाईजर) को व्यवस्था गरिने,

– दमक चिसोपानी सडक खण्ड अन्तर्गत चुलाचुली र माङसेबुङ गाउँपालिकाको सिमानामा,

–आत्मानन्द मार्ग (बिर्तामोड लारुम्बा) खण्ड अन्तर्गत माई नगरपालिका र माङसेबुङ गाउँपालिकाको सिमनामा,

– इलाम मंगलबारे गजुरमुखीधाम इभाङ सडक खण्ड अन्तर्गत सिमना प्रवेशद्वार (देउमाई पुलमा),

– इलाम मंगलबारे देउमाई फोकफोक दोभान नावालुङ देउराली हुलाक सडक खण्ड अन्तर्गत सिमना प्रवेशद्वार (देउमाई फोकफोक दोभानमा),
– मधुमल्ला साकफारा चिसोपानी पंचमी सडक खण्ड अन्तर्गत सिमना प्रवेशद्वार (डाँडेगौडामा) मा,

५) माङसेबुङ गाउँपालिका वडा नं. ०४ सिङफेरेमा (जनता आविको खेलमैदानमा ५० वटा क्वारेन्टाइनको व्यवस्था मिलाईने,

६) गाउँपालिकाको ६ वटै वडाहरुको टोलरटोलमा कोरोना भाईरलबाट बच्न जनचेतना कार्यक्रम संचालन गर्ने,

७) गाउँपालिकाभित्र सप्ताहिक तथा पाक्षिक रुपमा लाग्दै आएको हाटबजारहरु अर्को सुचना प्रकाशन नभईन्जेलसम्म हाट बजार नलगाउने,

८) एउटा घर परिवारका सदस्य सकेसम्म अर्को घरमा जानरआउन नदिन अनुरोध गर्ने गराउने,

९) कुनै घरको सदस्यलाई शंकास्पद भयो भने १४ दिन छुट्टैरएक्लै बस्नको लागि बन्दोबस्त मिलाउन सम्बन्धित घर परिवारलाई अनुरोध गर्ने,

१०) गाउँपालिकाभित्रबाट संचालन हुने एम्बुलेन्स तथा सवारी साधनहरु हाई अलर्टमा राख्न सम्बन्धितलाई अनुरोध गर्ने,

११) माङसेबुङ गाउँपालिकाका जनप्रतिनिधिहरुले मासिक रुपमा पाउने सेवा सुबिधाको ५ दिन बराबरको रकम स्थानीय विपद तथा प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने व्यवस्था गर्ने निर्णय गरियो,

१२) भोलि देखि अर्थात २०७६ चैत्र १० गतेदेखि २०७६ चैत्र २१ गतेसम्म गाउँपालिकाको कार्यालयबाट र गाउँपालिका अन्तर्गत ६ वटै वडा कार्यालयहरुबाट अत्यावश्यक सेवा बाहेक सेवाग्राहीहरुलाई सेवा प्रवाह नदिनेरनगर्ने समेत निर्णय गरेको छ ।

सम्बन्धित खवर