झापामा कोरोना पुष्टी भएकी युवतीसंगै आएका १ जना भेटिए - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा कोरोना पुष्टी भएकी युवतीसंगै आएका १ जना भेटिए

 दमक / कोरोना पुष्टी भएकी युवती संगै नेपाल आएका एकजना व्यक्ति झापामा भेटिएका छन् ।

फ्रान्सबाट कतार हुँदै चैत ४ मा नेपाल आएकी युवतीमा कोरोना भाइरसको पुष्टी भएसंगै उनी संगै आएका व्यक्तिहरुको खोजी सरकारले गरेको छ ।

उनीहरुलाई खोजी गर्ने क्रममा झापाको बुद्धशान्ति गाउँपालिकामा १ जनालाई पहिचान गरिएको छ । बुद्धशान्ति ५ निवासी उनलाई पहिचान गरी परीक्षण गर्दा संक्रमण नदेखिए पनी अहिले सेल्फ क्वारेन्टाइनमा भने राखिएको छ । त्यस्तै कामको सिलसिलामा भारत गई घर फर्किएकाहरूलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ ।

अहिले बिश्वब्यापी रुपमा चुनौती बन्दै गइरहेको कोरोना भाइरसको संक्रमण रोक्न बुद्धशान्ति गाउँपालिका वडा न.५ ले पनि आफ्नो क्षेत्रमा काम गरिरहेको छ ।

नेपालमा हालसम्म २ जनामा कोरोना संक्रमण देखिएकोमा १ जना उपचारपछि घर फर्किसकेका छन् भने एक जना हिजोबाट उपचार शुरु भएको छ ।

सरकारले हिजो जारी गरेको सुचना अनुसार आजबाट सबैजनालाई घर भित्रै बस्न र अनावश्यक रुपमा बाहिर ननिसक्न अनुरोध गरेको छ । सो को कार्यन्वयनमा बुद्धशाान्ति वडा न. ५ ले पनि वडा बासी सबैको साथ र सहयोगको अपेक्षा गरेको छ ।

 

 

 

 

 

सम्बन्धित खवर