इलाममा लकडाउनको दोश्रो दिन सुनसान, ६ जनालाई क्वारेन्टाइनमा - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा लकडाउनको दोश्रो दिन सुनसान, ६ जनालाई क्वारेन्टाइनमा

इलाम / भारत बाट झापाको काँकरभिट्टा नाका हुँदै इलाम भित्रिएका इलामका ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

इलाम सदरमुकाममा रहेको डा. मेघबहादुर पराजुली अस्पताल सिङ्गफ्रिङ्गको खाली भवनमा बनाईएको क्वारेन्टाइनमा उनीहरुलाइ राखिएको हो ।

क्वारेन्टाइनमा इलाम नगरपालिका, माइजोगामाई गाउँपालिका लगायतका स्थानका व्यक्तिहरु रहेको इलाम नगरपालिकाका प्रसाशकिय अधिकृत रामकुमार शाहले जानकारी दिए ।

लक डाउन दोश्रो दिन

कोभिड १९ को महामारी फैलन नदिन सरकारले देशभर लकडाउन गरेको दोश्रो दिन इलामको स्थिति सुनसान र सामान्य रहयो ।

हिजो को तुलनामा आज मोटरसाईकल र मानिशहरु सडकमा देखिएन । इलाममा अत्यावश्यक सेवाका बाहेक सवारी तथा यातायातका साधन चलेन ।

यस्तै दैनिक आवशयक पर्ने तेल, ग्यास , खाद्यान्न र अन्य अत्यावश्यक बस्तुको आपुर्ति अभाव हुन नदिन समेत पुर्व तयारी गरिएको छ । साथै बजार तथा मेची राजमार्ग क्षेत्रमा प्रहरी प्रशासनको बाक्लो सख्यामा उपस्थिती रहेको पाईन्छ ।

उता इलामको पुर्वी सीमा नाका पशुपतिनगरमा नाका आज पनि बन्द रहयो । पशुपतिनगर आसपासका अन्य नाका पनि बन्द रहेको छ, भने जनजीवन सामान्य रहेको छ ।

सम्बन्धित खवर