बिएण्डसी हस्पिटल कोरोना संक्रमितको उपचारका लागि राज्यलाई दिने - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिएण्डसी हस्पिटल कोरोना संक्रमितको उपचारका लागि राज्यलाई दिने


बिर्तामोड / झापाको बिर्तामोडमा रहेको बिएण्डसी टिचिङ हस्पिटल तथा मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्नो अस्पताल कोरोना संक्रमितको उपचारका लागि राज्यलाई दिने घोषणा गरेका छन् ।

सो अस्पतालमा २५ बेडको भेन्टिलेटर, १ सय बेडको आइसियु, ८ सय नर्मल बेड, १०५ जना डाक्टर, नौ सय जना स्वास्थ्यकर्मी कर्मचारी रहेका छन् । कोरोना भाइरसको महामारी फैलिँदै गएको र सरकारी अस्पतालले मात्र संक्रमितको परीक्षण र उपचार गर्न सम्भव नदेखिएपछि प्रसाईंले यस्तो निर्णय गरेका हुन् ।

अस्पतालले सरकारसँग पटकपटक जाँच र उपचारका लागि प्रयोग हुने सुरक्षित उपकरणहरु किट्स, पिपिइ सेट, एन ९५ मास्क माग गरे पनि उपलब्ध गराउन नसकेको प्रसाईंले शुक्रबार विज्ञप्ति निकालेर जनाएका छन् ।

नेपालकै नमुना, अत्याधुनिक तथा सुविधासम्पन्न सो अस्पताल चार वर्षयता मेडिकल कलेजको सम्बन्धनको पर्खाइमा रहेको छ ।

सम्बन्धित खवर