मुख्यमन्त्री राईद्धारा ज्यालादारी श्रमिकहरुलाई राहत उपलब्ध गराउने बारे सुझाव संकलन - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुख्यमन्त्री राईद्धारा ज्यालादारी श्रमिकहरुलाई राहत उपलब्ध गराउने बारे सुझाव संकलन

विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दैनिक ज्यालादारी श्रमिकहरुलाई राहत प्याकेज उपलब्ध गराउने विषयमा सरोकारवाला पक्षहरुसँग सुझाव लिएका छन् ।

शुक्रबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा सर्वपक्षीय बैठक बोलाएर सरोकारवाला पक्षहरुसँग मुख्यमन्त्री राईले सुझाव लिएका हुन् ।

मुख्यमन्त्री राईले आपूर्ति व्यवस्था सहज बनाउन र कोेरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको लागि प्रदेश सरकारले अहिलेसम्म गरेका कामको बारेमा जानकारी गराएका थिए । उनले थप प्रभावकारी ढंगले अगाडि बढ्नको लागि सरोकारवाला पक्षहरुको राय समेत लिएका थिए ।

बैठकमा राजनीतिक दलका नेता, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरु, स्थानीय तहका जनप्रतिनिधि, अस्पतालका प्रतिनिधि, उद्योगी, व्यवसायीका प्रतिनिधिहरुको उपस्थिति थियो ।

सम्बन्धित खवर