माङसेबुङ गाउँपालिका १ मा कोभिड–१९ सम्बन्धी सचेतना संगै मास्क वितरण - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ गाउँपालिका १ मा कोभिड–१९ सम्बन्धी सचेतना संगै मास्क वितरण

माङसेबुङ / विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्नका लागि माङसेबुङ गाउँपालिकाले टोलटोलमा सचेतना कार्यक्रम संचालन गरेको छ ।

माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको नेतृत्वमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलिले आइतबार वडा नम्बर १ मा सचेतना कार्यक्रम संचालन गरी मास्क वितरण गरेको छ ।

वडा नम्बर १ को गजुरमुखी धाम, नाङरुङ, पाटीगाउँ र तोभाङ टोलमा कोरोना सम्बन्धी सचेतना साथै ५ सय थान मास्क वितरण गरेको हो ।

साथै लकडाउनको समयमा सर्वसाधारणलाई हिँडडुल नगर्न र वडामा बाहिरी मुलुकबाट भर्खरै आएका मानिसलाई होम क्वारेनटाइनमा बस्न आग्रह गरेको हो ।

सम्बन्धित खवर