कोरोनाका कारण मृत्यु हुने ४२ हजार बढी - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोनाका कारण मृत्यु हुने ४२ हजार बढी

एजेन्सी / संसार भरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२ हजार बढी पुगेको छ ।

मंगलबार एकैदिन विश्वभर ४ हजार ३ सय ३४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४२ हजार १ सय ५६ पुगेको छ ।

अमेरिकामा हिजो एकैदिन ७ सय १९ जनाको ज्यान गएको छ । यस्तै इटालीमा हिजो एकैदिन ८ सय ३७ जनाको मृत्यु भएको छ । स्पेनमा कारोना संक्रमणका कारण थप ७ सय ४८ जनाको मृत्यु भएको छ । । जर्मनीमा थप १ सय ३०, फ्रान्समा ४ सय ९९, इरानमा १ सय ४१, बेलायतमा ३ सय ८१ तथा नेदरल्याण्डमा १ सय ७५ जनाको मृत्यु भएको छ ।

छिमेकी देश भारतमा हिजो थप ३ जनाको मृत्यु भएको छ । यो संगै भारतमा हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

अमेरीकामा कोरोनाका २३ हजार ५ सय ५५ जना नयाँ संक्रमित भेटिएका छन् । अमेरिकामा हालसम्म १ लाख ८७ हजार ३ सय ४७ जना संक्रमित भएका छन् । इटालीमा १ लाखभन्दा बढी मानिसमा संक्रमित भएका छन् । विश्वभरमा हालसम्म ८ लाख ५८ हजार ७ सय ९७ जना संक्रमित भेटिएका छन् ।

कोरोना भाइरस लागेका १ लाख ८७ हजार ९९जना निको भएका छन् ।

कोरोना भाईरसको उद्गमस्थल चीनले भने भाइरसलाई संक्रमण शून्यमा झारेको छ । चीनमा हिजो कुनैपनि नयाँ संक्रमित नभेटिनुका साथै मानिसको ज्यान समेत गएको छैन ।

सम्बन्धित खवर