पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य १० रुपैयाँले घट्यो - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य १० रुपैयाँले घट्यो


काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाकने दरले घटाएको छ ।

कोरोना भाइरस (कोभिड १९) को कारण कच्चा तेलको मूल्यमा भारी गिरावट आएपछि अन्तर्राष्ट्रिय बजारमा आएको मुल्य गिरावटसँग पेट्रोल, डिजेल, र मट्टीतेलको खुद्रा विक्री मूल्य १० रुपैयाँ प्रतिलिटरका दरले घटाएको हो ।

पेट्रोलियम पदार्थको मुल्य घटाउने निणर्य बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिले गरेको हो । निगमका अनुसार १ अप्रिलमा इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्यसूची अनुसार आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलिय पदार्थको मूल्य १० रुपैयाँले घटाइएको हो ।

काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर ९६ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर ८५ रुपैयाँ भएको छ । आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँले घटेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गरिएको छ ।

बाह्य उडानतर्फको हवाई इन्धन प्रतिलिटर ०. ९५ डलर कायम गरिएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगमले जानकारी दिएको छ ।

सम्बन्धित खवर