वडा अध्यक्ष तुम्बापोको निधन - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वडा अध्यक्ष तुम्बापोको निधन


फिदिम / पाँचथरको फिदिम नगरपालिका ५ का वडा अध्यक्ष लीलाराज तुम्बापोको निधन भएको छ ।

झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा शुक्रबार वडा अध्यक्ष लीलाराज तुम्बापोको ३५ बर्षको उमेरमै निधन भएको हो ।

बिहीबार सिकिस्त बिरामी भएपछि फिदिमस्थित समर्पित अस्पताल भर्ना गरिएका तुम्बापोको स्वास्थ्यमा सुधार नआएपछि साँझ हेलिकप्टर मार्फत बी एण्ड सी अस्पताल लगिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गरिएका तुम्बापोको निधन भएको बी एण्ड सी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । तुम्बापोको रक्त क्यान्सरका कारण मृत्यु भएको बताइएको छ ।

उनलाई साँढे दुई बजे अस्पतालले मृत घोषणा गरेको थियो । तुम्बापोलाई शुक्रबारै पाँचथर ल्याइने हाल बी एण्ड सी अस्पतालमै रहेका चोकमागु युथ क्लवका अध्यक्ष सुमन तुम्बापोले बताए ।

राष्ट्रिय युवा संघ पाँचथरका सह–संयोजक समेत रहेका तुम्बापो जिल्लामा जुझारु र शालीन युवा नेताको रुपमा परिचित थिए ।

उनी गत स्थानीय तह निर्बाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट फिदिम–५, को वडा अध्यक्षमा निर्बाचित भएका थिए । हाल उनकी श्रीमती सुत्केरी अवस्थामा छिन् ।

सम्बन्धित खवर