दमकमा डेरा गरी बस्ने विद्यार्थीहरूका लागि राहत वितरण - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा डेरा गरी बस्ने विद्यार्थीहरूका लागि राहत वितरण

दमक / विश्वमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले लकडाउन घोषणा गरेको छ । भाइरस संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउनको समयअवधि थप गरि चैत्र २५ गते सम्म तोकेको छ ।

अझै पनि विश्वमा भाइरस न्यूनिकरण नभइसकेको अवस्थामा सरकारले पुनः लकडाउनको समय थप गर्ने योजना बनाइरहेको विभिन्न सञ्चारमाध्यमहरूले जनाएको छ ।

लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी, विपन्न परिवारलाइ खाद्यान्न संकटको अवस्था देखिदै आएको छ । सो अवस्थालाई सामान्य बनाउनका लागि विभिन्न संघसंस्थाहरूले स्थानिय सरकारको मातहतमा रातहत वितरण गरिरहेको छ । तर लकडाउनको असर भने कोठाभाडा गरेर बसी अध्ययन गर्ने विद्यार्थीहरूमा पनि पर्न गएको छ । जो धेरै टाढा गाउँ देखि उच्च शिक्षा अध्ययनका लागि शहर आएका हुन्छन् ।

संकटमा परेका विद्यार्थीहरूलाई सकेको सहयोग गर्नु पर्छ भन्ने उदेश्यले दमकमा भने विद्यार्थीहरू टोली निर्माण गरी सहयोग अभियानमा जुटेका छन् । विद्यार्थी सुनिल राई, मिलन तामाङ, अतित राई, सञ्जय इङनाम, पुजन बुढाथोकी, आशिष लिम्बु, योग बहादुर खड्का लगायतको विद्यार्थीहरूको अगुवाइमा सहयोग अभियान सञ्चालन भइरहेको छ ।

हालसम्म डेरा गरी बस्ने २८ जना विद्यार्थीहरूलाई सहयोग गरिसकेको अभियानका सदस्य मिलन तामाङले बताउछन् । एक जना विद्यार्थी बराबर १० केजी, चामल, १ केजी दाल, १ केजी नुन, १ लि. तेल र १ वटा चाउचाउ सहयोग वितरण गरिरहेको सुनिल राई बताउछन् ।

सहयोग अभियानका सदस्य अतित राई भन्छन– यसलाई राहत भन्दा पनि सहयोग भनेर बुझ्न आह्वान गर्दछौ । किनभने हामिले हाम्रै विद्यार्थी साथिहरूलाई संकट परेको समयमा सहयोग गरेका हौ त्यसैले पनि यसलाई सहयोग भन्न चाहान्छौ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू, अभिभावक, शिक्षक साथै अन्य सहयोगदाताहरूबाट अत्यावश्यक दैनिक उपभोग्य सामग्रीहरू संकलन गरिरहेको जनाएको छ ।

सम्बन्धित खवर