माङसेबुङमा कोरोना नियन्त्रणका लागि ३७ लाखको विपद व्यवस्थापन कोष स्थापना - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा कोरोना नियन्त्रणका लागि ३७ लाखको विपद व्यवस्थापन कोष स्थापना

माङसेबुङ / कोरोना भाईरस (kovid 19) को संक्रमणबाट बच्न, रोकथाम र नियन्त्रण गर्नको लागि माङसेबुङ गाउँपालीकाले ३७ लाख बराबरको विपद व्यवस्थापन कोष स्थापना गर्ने भएको छ ।

सरकारले कोरोना नियन्त्रणको लागि लक डाउन लगाएको छ । लक डाउनको म्याद थपिए/लम्बिए संगै श्रमिक, विपन्न वर्गमा दैनिक गुजरामा समस्या देखिन थालेको छ । उनीहरुको जनजीवनलाई ध्यानमा राख्दै बिपद व्यवस्थापन कोषको स्थापना गरिने भएको कुरा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगोले आफ्नो फेसबुक वालमा लेखेका छन ।

अध्यक्ष इधिङगोल २०७६ चैत्र २१ गते शुक्रबार बसेको माङसेबुङ गाउँपालिका गाउँ कार्यपालिकाको बैठकको निर्णयहरु उल्लेख गदैे राहत वितरणमा एकद्धार प्रणाली अपनाउने जनाएका छन् ।

निणर्यबारे उल्लेख गर्दै पालिकाले कोरोना भाईरसको संभावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थासँग जुध्न वा सामना गर्न विभिन्न संघरसंस्थाहरु, समाजसेवी महानुभावहरुलाई गाउँपालिकालाई सहयोग गर्न अनुरोध गर्ने साथै सहयोग गर्ने संघरसंस्थाहरु एवं समाजसेवी महानुभावहरुलाई गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलय मार्फत मात्र राहत वितरण गर्न भनिएको छ ।

त्यस्तै कोरोना भाईरस संभावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहायहरुलाई राहत वितरण गर्नको लागि असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराईने राहत सम्बन्धि मापदण्ड कार्यविधि २०७६ पारित गरिएको, राहत वितरण गर्न र गराउनको लागि माङसेबुङ गाउँपालिकामा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक तथा मजदुरहरुको तथ्यांक संकलन ३ दिनभित्र गरिसक्ने, साथै दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक तथा मजदुरहरुलाई गाउँपालिकाले पारित गरेको कार्यविधि र मापदण्ड अनुसार राहत वितरण गरिने कुरा निर्णय भएको उल्लेख गरेका छन् ।

सम्बन्धित खवर