संघका उपाध्यक्ष दुध बहादुर लाओतीलाई मातृ सोक - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संघका उपाध्यक्ष दुध बहादुर लाओतीलाई मातृ सोक

माङसेबुङ / किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय उपाध्यक्ष दुध बहादुर लोओतीको ममतामयी आमा चेम्जोङ इन्द्रमाया लाओतीको निधन भएको छ ।

गुरु निजी आश्रम कृषि तथा भौतिक पुर्वधार निर्माण आर्थिक व्यावस्थापन समितिका केन्द्रिय उपाध्यक्ष समेत रहेका लाओतीको आमा चेम्जोङ इन्द्रमाया लाओतीको ८१ बर्षको उमेरमा माङसेबुङमा शनिबार बेलुकी ७ : १० बजे निधन भएको हो ।

पान्थरको फाल्गुनन्द गाउँपालिका साविक फाक्तेपमा बि. स. १९९६ साल फागुन ४ गते शुक्रबार नन्दराज चेम्जोङ र सेर्मा लोली चेम्जोङको कोखबाट जन्मेकी इन्द्रयमाया बि. स. २०१५ सालमा पान्थर मिक्लाजुङ गाउँपालिका ५, साविक कुरुम्बा २, मा अमृत बहादुर लाओती संग बैवाहिक बन्धनमा बाँधिएकी थिईन ।

हाल इलामको माङसेबुङ गाउँपालिका ५, लासिङबुङमा बसोबास गर्दै आउनुभएकी इन्द्रमायाको ३ छोरा, ४ छोरी, १२ नाती १५ नातीनी, ६ पनाती, १ पनातीनी छन् ।

मृतक इन्द्रमायाको आईतबार अन्त्यष्टी कार्य गरिने पारिवारीक स्रोतले जनाएको छ ।

सम्बन्धित खवर